(कविता)-पग्लदै जाउँ
(कविता)-पग्लदै जाउँ
तिम्रो सौन्दर्यतामा,
म शितको थोपा झै
छरिइरहन्छु।
तिम्रो अंगालोमा,
म रातको शुन्यता झै
अडिइरहन्छु।
तिम्रा नयनहरुमा,
म छितिजको आकाश झै
सजिरहन्छु।
तिम्रो मधुर गुञ्जनमा,
म सरोवरको स्निग्धता झै
हराइरहन्छु।
समय पग्लिरहेको छ,
हामी पनि पग्लग्दै जाउँ !
कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।