ज्योतिषशास्त्र

कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ?

घरमा तपाई कुन दिशातिर सिरान लगाएर सुत्नुहुन्छ ? मानिसको सुताई उसको स्वाथ्यसंग सम्वन्धित हुन्छ । एकदम ख्याल राख्नुहोस कुन दिशा सिरान लगाएर सुत्नु सही हुन्छ भनेर । हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ । तर सुताइका पनि नियम छन् । त्यस्तै सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नुका साथै दिशा पिसाव गरेर सुत्नुपर्छ । सुत्ने समयमा जहिले पनि सकारात्मक सोंच राख्नुपर्छ । हात खुट्टा धोएर राम्रोसँग पुछेर मात्र सुत्नुपर्छ । शयन कक्षमा भगवानका चित्र हुनु राम्रो मानिन्छ । सूर्योदय भन्दा अघि नै उठिसक्नुपर्छ । हेरौ कुन दिशातिर सिरान गर्दा राम्रो हुन्छ ।

पूर्व सिरानी

सुरुवातमा पूर्व सिरानी, पूर्व दिशामा सिरानी लगाएर सुत्दा कन्सन्ट्रेसन तथा मेमोरी पावर बढ्ने एवं मानव स्वास्थ्यमा यसले राम्रो प्रभाव पार्ने जनाइएको छ । बिशेषत: विद्यार्थीवर्गहरूलाई यो दिशामा सिनानी लगाएर सुत्न फलदा हुने बताइएको छ ।

पश्चिम सिरानी

पश्चिम सिरानी ,पश्चिम दिशामा सिरानी लगाएर सुत्नु पनि ठिकै मानिन्छ । यो दिशामा सिनानी राखेर सुत्नाले नाम, दाम तथा रिपुटेसन अनी समृद्धी प्राप्त हुने शास्त्रको दावी छ ।

उत्तर सिरानी

उत्तर सिरानी सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न रोग लाग्ने र समस्या आइलाग्ने हुन्छ । विशेष गरी मृत व्यक्तीहरूलाइ उत्तर दिशा तर्फ सिराने राखेर सुताइने गरिन्छ र बोक्ने गरिने भएकाले यसलाइ नराम्रो मानिन्छ ।

दक्षिण सिरानी

दक्षिण सिरानी सुत्ने समयमा दक्षिणपट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव भएको हुन्छ र यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।

बायाँ कोख सुत्नुस्

रातिमा सुत्दा जहिले पनि बायाँ कोखो पल्टिएर सुत्नु राम्रो मानिन्छ । खासमा यो पनि बैज्ञानिक विचारमा आधारित छ । हाम्रो नाकबाट जुन श्वास बाहिर निस्कन्छ त्यसलाई स्वर पनि भनिन्छ । नाकको बायाँ छिद्रबाट श्वाश लिनु क्रियालाई चन्द्र स्वर भनिन्छ । दायाँबाट श्वास निस्कनु सूर्य स्वर हो । सूर्य स्वरले गर्मी पैदा गर्छ । बायाँ कोख पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ । भोजन पचाउनका लागि पनि यो स्वर राम्रो मानिन्छ ।

यो पनि पढ्नुहोस् 

कति घण्टा सुत्नु राम्रो हुन्छ ?

राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु

राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!