साहित्य-कला

नदुखुन मनहरु कतै यो जीवनमा

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

नदुखुन मनहरु कतै यो जीवनमा !

 

नवरड्ग त्यो इन्द्रेणिको सयरड्गी यो हाम्रो नै जीवनमा!

वसन्तको पालुवाले सिड्गारिएको हाम्रो प्यारो भूमिमा!!

मनका रहर सेलाई नदिउन् मुटुका हरेक खेत र गर्हामा!

मनले मनको साथ दियोस् यीनै जीवनका हर मोडहरुमा!!१!!

 

मनहरु नदुखुन कहिले पनि यो हाम्रो जीवनको पथमा!

जहाँ रम्न खोज्छन हर मनहरु सफल बनेर नै जीवनमा!!

कतै यीनै पथहरुमा मनहरुका बाधाहरु पनि नछाउन्!

हामी हिँड्ने हर बाटा र मोडहरु सद्दभावले मात्र छाउन्!!२!!

 

हिमालबाट बग्ने चोखो पानी जस्तो होस् हरेक हाम्रा मन्!

त्यो हिमाल सरीनै उठ्ने चाहना पनि राख्दछ यो हाम्रो मन!!

बाटो यो कस्तो होला नि भन्दै डराएर हिड्ने गर्छ हाम्रो मन!

सद्दभावको साथ मात्रै नै पाओस् हाम्रो यो सुन्दर जीवन्!!३!!

 

असल मित्रको असलसाथ पनि खोज्छ हाम्रो यो जीवन्!

असल शव्दको सुन्दर साथ पनि खोज्छ हाम्रो यो जीवन्!!

यो देशकै सुन्दर;असल साथ पनि खोज्छ है हाम्रो जीवन्!

अनि मात्र पो त सफल बन्छु भन्छ है यो हाम्रो नै जीवन!!४!!

 

सुक्ख र खुसीमा हौसला देऊ भन्छ यो हाम्रो मन र जीवन्!

धराबाट आकास छुन्छु तव म भन्छ यी युवाहरुको नै मन्!!

अव वेदको ज्ञानले विज्ञान हाँक्छन देशका हर युवा मनले!

सगरमाथा ग्रहमा खोज्न अनि पो त सक्छन हर युवा मन!!५!!

 

देशको पहिलो ध्यान शिक्षा र देशको विकासमा नै जाओस्!

युवाहरुको जोश र जाँगरलाई नैतिक ज्ञानले नै सजाओस्!!

पानीमा नै लगानी गरेर देशको मुहार फेर्नलाई अव त सकिन्छ!

शिक्षाको क्षेत्रमा पहिलो प्राथमिकता देशमा लगाउन सकिन्छ!!६!!

 

पिडामा कठै भन्ने हर मनले खुसीमा असल साथ पनि बाँड्दा!

कति सुन्दर हुन्थ्यो यो जीवन अरुको खुशीमा पनि त हाँस्दा!!

सद्दभावको साथ देऊ तिमी यो धरामा बाँचेका मान्छेहरुलाई!

उत्साह जाँगर पनि थपिदेऊ तिमी मनहरुलाई सफल हुनलाई !!७!!

 

दुखमा कठै ! भन्ने तिम्रो मन; सुक्खमा आहा पनि भनिदेऊन्!

पिडामा अरुको रोए जस्तो गरेझैँ सुक्खमा पनि तिमी हाँसन्!!

मानिसको जीवन उपहार हो देवको फर्कन्न धरामा ऊ फेरी !

यो जीवन सार्थक पार्नलाई असल; भाव देऊ है ढिलो नगरी!!८!!

 

सुवास छरुन हरेक मनहरुले यो देशको पनि हरेक पाटोहरुमा!

मनका असल भाव पनि छरुन सबै मानिसका हरेक पिडाहरुमा!!

यसो गरेर सुक्खमा खुशीका शब्द छरुन हरेक हामी नेपालीमा!

मनको पिडा टाढा जान्छ बादल भन्दा पनि त्यो पारीको गाउँमा!!९!!

 

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!