जीवन-दर्शन

चार साधन के हुन् ?

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

चार साधन के हुन् ? १) विवेक २) वैराग्य ३) षट् सम्पति ४) मुमुक्षुत्व

१) विवेक

नित्य, अनित्य वस्तु यो हो भनेर छुट्याउन सक्नु नै विवेक हो ।

२) वैराग्य

पृथ्वी लोकको र स्वर्गलोकको भोगको इच्छा नगर्नु नै वैराग्य मार्ग रहेछ भनेर थाहा पाउनु ।

३) षट् सम्पति

क) सम,  ख) दम,  ग) उपरति,  घ) तितिक्षा,  ङ) श्रद्धा,  च) समाधान

क)  सम

सम भनेको शान्ति, याने अन्तःकरणमा हुने इन्द्रियको वृत्तिलाई चञ्चल हुन नदिनु ।

ख) दम

दम भनेको बाहिरी इन्द्रियलाई यत्र तत्र जान नदिनु

ग) उपरति

उपरति भनेको त्यागेको पदार्थमा पुनः इच्छा नगर्नु, बुद्धिवृत्तिको निरोध (निर्विकल्प समाधि) उपरतिको स्वरूप

हो ।

घ) तितिक्षा

तितिक्षा भनेको के हो ? तितिक्षा भनेको मान अपमान आदि सहनु । तितिक्षु भनेको सुख दुःख आदि द्वन्द्वले

विचलित नहुने भनेर बुझ्नु पर्दछ ।

ङ) श्रद्धा

श्रद्धा भनेको गुरुको वचनमा विश्वास राख्नु हो

च) समाधान

मनलाई विषय तिर जान नदिनु र आफ्नू स्वरूपमा स्थित भएर रहनु संशय मनमा उठेमा सद्गुरु

कहाँ गएर नम्रता पूर्वक समाधान गर्नु ।

४) मुमुक्षुत्व

मुमुक्षुत्व भनेको मेरो मोक्ष होस् भन्ने इच्छा मनमा जाग्नु नै मुमुक्षा भन्दछन् । मुमुक्षाले साधकलाई लक्ष्यसम्म पु¥याएर छाड्छ । मोक्ष जीव ब्रम्हको अभेद ज्ञान भएर हुने हो । जब मोक्षका साधनहरूको ज्ञान हुन्छ तब तत्व विचारको अधिकार प्राप्त हुन्छ ।

केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!