धर्म-सस्कृति

लक्ष्मीपूजा तथा दिपावलीसँग जोडिएका रोचक तथ्यहरु

लक्ष्मीपूजा तथा दिपावलीसँग जोडिएका रोचक तथ्यहरु को बारेमा चर्चा गरौ ।  कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ ।

कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।

 भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।

दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यसदिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ।

लक्ष्मीपूजा तथा दिपावलीसँग जोडिएका रोचक तथ्यहरु

१. महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन : विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो, यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ ।

२.  हिरण्यकश्यपको वध : यसै दिन विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ

३. लक्ष्मी र धन्वंतरि प्रकट : यसै दिन दिन समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ।

४. महावीर स्वामीको निर्वाण दिवस : जैन धर्मावलम्वी अनुसार चौबिसौं तीर्थंकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ।

५. अमृतसरको स्वर्ण मन्दिरको शिलान्यास : सिक्खहरुको निम्ति पनि यो दिन महत्त्वपूर्ण छ किन कि यसै दिन अमृतसरमा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो।

६.  नेपाली साल(विक्रम संवत् होइन) : यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।

७. मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफरपनि दीपावली मनाउँथे र यस अवसरमा आयोजित कार्यक्रमहरुमा उनी भाग लिन्थे।

८. शाह आलम द्वितीयको समयमा शाही महललाई दीपावलीमा दीपहरुले सजाइन्थ्यो एवं लालकिलामा आयोजित कार्यक्रमहरुमा हिन्दू-मुसलमान दुवै धर्मावलम्वीहरुले भाग लिन्थे।

९. पंजाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु:पंजाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु दवै दीपावलीको दिन भएकोथियो।

१०. महर्षि दयानन्दले भारतीय संस्कृतिका महान जननायक बनेर दीपावलीकै दिन अजमेरको छेउमा देहत्याग गरेकाथिए।

११. दीन-ए-इलाहीका प्रवर्तक मुगल सम्राट अकबरको शासनकालमा राजकोष भण्डारको सामु ४० गज अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीका दिन लगाइन्थ्यो।

१२. बादशाह जहाँगीरले पनि दीपावली धूमधामसित मनाउँथे।

यो पनि पढ्नुहोस्

लक्ष्मीपूजा र यसको महत्व

गोवर्धन पूजा र यसको महत्व

गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिकको पुष्टी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!