विज्ञान

आइन्स्टाइनका अनौठा तथ्यहरू

आइन्स्टाइनका अनौठा तथ्यहरू  ! विलक्षण प्रतिभका धनी व्यक्तित्वका रूपमा परिचित अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ ।  उनी एक महान् भौतिकशास्त्री मात्र नभई एक ठूला चिन्तक, आदर्शवादी, दार्शनिक, परोपकारी अन्तराष्ट्रिय सद्भावनाका पक्षपाती राजनेता पनि थिए । जुन कुराहरूको मूल्यांकन गर्दै प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिका “टाइम” ले आइन्स्टाइनलाई २० औं शताब्दीका “शताब्दी पुरुष” छानेको थियो । भनिन्छ उनको सापेक्षतावाद सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी एक दजर्न मात्र थिए  । उनलाई अहिलेसम्मको इतिहासको सबैभन्दा ठूलो मानव मस्तिष्क भएको मानिसको रूपमा चिनिन्छ ।

समाजमा मानिसको स्थान उसको कर्मले निर्धारण गर्दछ, मानिस वहिष्कृत अथवा प्रतिष्ठित आफ्नो कर्मद्वारा हुन्छ । कुकर्म गर्न सजिलो छ । सुकर्म गर्न गाह्रो  तर सुकमले ठूला पुरस्कारहरू प्रदान गर्दछ । ब्रम्हाण्डका एउटा सानो कुनाको एउटा सानो ग्रहको छोटो घटना मानव जीवन हो । सबै मावनको जीवन इतिहासको एउटा पुस्तक हो । जीवनमा उचार चढाव आउनु मानवीय जीवनको यथार्थ हो । परिस्थितीले बाध्यता सिर्जना गर्दछ । समयको गतिसँगै मानव जीवनलाई चलाउनुपर्छ । उनको जीवनमा घटेका अनौठा तथ्य घटनाहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

१. आइन्स्टाइन जन्मदा एकदमै मोटो शरीर र ठूलो टाउको भएका थिए, तर जन्मेको केही हप्तापछि उनको छाएको सामान्य आकारमा आएको थियो ।

२. उनले तीन वर्षको उमेरसमम पनि बोल्न जानेका थिएनन् । उनको बोली नफुट्नाले कहीं मन्दबुद्धिको पो हुने हुन कि भनेर उनका आमाबाबुहरू चिन्तित थिए ।

३. उनी कमपासबाट प्रभावित थिए । एकदिन व्यवासयको सिलसिलामा शहर घुमेर घर फकैंदा आइन्स्टाइनका पिताले बजारबाट
एउटा दिशासूचक यन्त्र कम्पास विरामी छोराका लागि किनेर ल्याइदिए । उनी त्यो अचम्मको वस्तु देखेर ज्यादै खुशी भएका थिए ।

४. आइन्स्टाइन विश्वविधालयको प्रवेश परीक्षामा असफल भएका थिए । १७ वर्षको उमेरमा आइन्स्टाइनले स्विटरल्यान्डको संघीय प्रविधि संस्थानको प्रवेश परीक्षा दिए तर असफल भए । उनले गणित तथा भौतिकशास्त्रको परक्षिामा पास गरे तापनि इतिहास, भाषा विज्ञान,
भूगोलमा असफल भएका थिए ।

५. आइन्स्टनाइनको अनैतिक सम्बन्धबाट जन्म्एिको बच्चा थियो । उनले मिलेवा मेरिकसाग विवाह गर्नु एक वर्ष अघि सन् १९०२ मा भएको थियो । उनलाई आइन्स्टाइनले कहिले देखेनन् । उनको शरीरको छालामा रातो डावर आउने एक प्रकारको सङ्क्रामक ज्वरोले मृत्यु भएको थियो ।

६. आइन्स्टाइनले उनको पहिलो श्रीमतीसँग छुट्टिएर बसे पनि एउटा अनौठो कवुलियतनामा गरेका थिए । जन अनुसार उनको श्रीमतीले गर्नुपर्ने कामहरू :

(१) उनका लुगा र लुगा धुने मेशिन राम्रोसँग मिलाएर राख्नुपर्ने ।
(२) उनको कोठामा दैनिक नियमित रूपमा तीन पटक खाना ल्याउनुपर्ने
(३) उनको सुत्ने र पढ्ने कोठा सफा राख्नुपर्ने ।

उनले यी आदि जस्ता अवस्थाहरू स्वीकार गरेकी थिइन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!