साहित्य-कला

सकिएन

झर्यो आँसु बिरहको रोक्नलाई सकिएन,
प्रियतमको आयो याद बिर्सनलाई सकिएन,
सबैलाई यो जिन्दगी अनुकुल होस् भन्ने लाग्छ,
तरपनि आफ्नो मान्छे आफ्नै भन्न सकिएन,

दु: ख नहोस् उस्लाई संधै खुसी मिलोस् भन्नलाई,
सकिए नी मनको पीडा सुनाउन सकिएन,
त्यो मनमा संधै शान्ति मिलोस् भन्न सकिए नी,
मेरो सखी बेदना मै बांचोस् भन्न सकिएन,

मन भित्र उन्को माया राखेको छु जुनीभरी,
स्वार्थी हुन्छु रत्तिभर नि भन्नलाई सकिएन,
सबै सामु भन्न सक्छु मेरो माया उनीलाई,
तर पनि कसैको मन दुखाउन सकिएन

*धातामणि पोखरेल साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply