विधि विज्ञानमा नार्कोटिक्स इकाईमा के के को परीक्षण गरिन्छ ?
लागु पदार्थ नियन्त्रण कार्यमा स्थानीय प्रशासन, प्रहरी र भन्सारको प्रत्यक्ष भूमिका देखिएतापनि अदालत तथा विधि विज्ञान प्रयोगशालाको अप्रत्यक्ष तर महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालमा गाँजा चरेस बाहेक अन्य लागु पदार्थ जस्तैः मनोदिपक (Psychotropic) रसंश्लेषित (Synthetic) लागु पदार्थको उत्पादन भएको देखिदैन । यी विभिन्न किसिमका लागुपदार्थ नेपालको बाटो भई अन्य देशहरुमा ओसार पसार गर्ने क्रममा लागु पदार्थको केहि अंश नेपालमा पनि बिक्री गरिने गरिन्छ ।
अतः यस प्रकारको लागुपदार्थको ओसारपसारमा संलग्न व्यक्तिहरु वा लागु पदार्थको दुर्ब्यसनीहरुलाई प्रत्यक्ष रुपमा प्रहरी तथास्थानीय प्रशासन बाट पक्राउ गरी सजायको लागि अदालत समक्ष मुद्धा चलाइन्छ । पक्राउमा परेका व्यक्तिहरुलाई दोषी ठहर्याउन अन्य प्रमाणहरुको अलावा पक्राउमा परेको वस्तु लागु पदार्थ हो वा होइन यकिन गनुको साथै उक्त वस्तु लागु पदार्थको कुन वर्गमा पर्छ भन्ने सम्बन्धमा बैज्ञानिक परीक्षण गरी अपराध अनु’सन्धान तथा न्याय सम्पादनमा सहयोग पुर्याउछ । विधि विज्ञानमा नार्कोटिक्समा निम्न लिखित परीक्षणहरु गरिन्छ ।
१. नार्कोटिक लागु पदार्थ : जस्तै अफिम अथवा यसबाट बन्ने पदार्थहरु हेरोइन, मर्फिन, कोकिन, ब्रप्रेपिनोरफिन आदि ।
२. गाँजा, भांग, चरेस, धतुरो आदि ।
३. तरङ्गोत्पादित (Hallucinogenic) जस्तै : LS D आदि ।
४. उत्तेजक (Stimulant) पदार्थ : जस्तै एमफिटामिक्स वर्गका एमफिटामिन, मेथएफितामिन, एमडीएमए, एमइएमए,
इफेडृन आदि ।
५. मनोहिपक पदार्थ : जस्तै बेन्जोडाइजेपिनस वर्गका Diazepan, Nitrazepam, Chlordiazepoxide, Oxazepam,
Lorazepam ।
६. Depressant पदार्थ : जस्तै Barbiturate वर्गका Allobarbital, Amobarbital, Barbital आदि । यी लागु पदार्थहरुको
अलावा Mandrax, Phencyclidine आदिको पनि परीक्षण गरिन्छ ।
७. माथि उल्लेखित लागु पदार्थहरुको पहिचान गर्नुको साथै माग भई आएमा परिमाण निर्धरण परीक्षण गरिन्छ ।