विज्ञान जिज्ञासा

विधि विज्ञानमा केमेष्टी इकाईमा के के को परीक्षण गरिन्छ ?     

विधि विज्ञानमा केमेष्टीमा निम्न लिखित परीक्षणहरु गरिन्छ ।

१.   इन्धनमा   मिसावट :जस्तै   पेट्रो ल,    डीजेल    आदिमा   मिसावट   गरेको   पदार्थ    र   मिसावटको परिमाण  पत्ता

लगाउन  सकिन्छ  ।

२.  विस्फोटक    पदार्थको    पहिचान :   निष्क्रिय   पारिएको   विस्फोटनमा   प्रयोग   गरिएको   पदार्थको पहिचान  गर्न

सकिन्छ   ।  तर  सक्रिय   विस्फोटक   पदार्थको   विश्लेषणा   गरिदैन  ।

३.  नक्कली   उत्पादन   पहिचान :   प्रख्यात   कम्पनीहरुको   उत्पादनको   नाउँ राखी   नक्कली  उत्पादन  गरिएको   वस्तुको

विश्लेषण गर्न सकिन्छ  आदि  ।

४.  माटो  परीक्षण : कुनै  अपराध   गरेको  ठाउँमा  र   त्यसै  सिलसिलामा   प्राप्त   भएको   वस्तुमा  भेट्टाइएको   माटोको

तुलना  गर्न सकिन्छ ।

५.  औद्योगिक   उत्पादनका   मादक   पदार्थहरुमा   ethyl alcohol,  ester,  aldehyde,  higher acids,  total solids,  total

residue आदिको   प्रतिशत   निर्धारणको   साथै  Chloralhydrate   जस्ता  मिसावटको पहिचान गर्न सकिन्छ  ।

६.  धातुको   परीक्षण :  जस्तै  नक्कली/सक्कली  सिक्काको  पहिचान   एवं   अन्य   धातुको   पहिचान  गर्न सकिन्छ  ।

७.  बाहय रुपमा प्रयोग गरिएको रासायनिक पदार्थ पहिचान :  जस्तै मट्टितेल खन्याएर आगो लगाएकोमा  बाँकी रहेको

सामानमा मट्टितेलको पहिचान, एसिड खन्याएर हत्या गरेकोमा मृत  व्यक्तिले  बचेको  सामानमा   एसिडको

पहिचान  गर्न  सकिन्छ आदि  ।

८. विविध    रासायनिक    परीक्षण  र  प्रयोगशालाका   अन्य  इकाईबाट  प्राप्त हुने  रासायनिक परीक्षण   सम्बन्धी

पदार्थहरु  गर्न सकिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!