खानपानहेल्थ टिप्स

दैनिक भोजन गर्ने खानेकुराहरुको फाईदा

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हामीले दैनिक भोजन गर्ने खानेकुराहरु मा यस्ता केही चिजहरु हुन्छन् जसले व्यक्तिका यौन दुर्वलता तथा शारीरिक कमजोरीहरुलाई विना कुनै औषधिको सेवन दूर गरिदिन सक्छन् । महत्वपूर्ण कुरा केवल यो हो की तपाइँले यसलाई सही तरिकारले मिलाएर सेवन गर्नुपर्ने हुन्छ । मानिसको यौन दुर्वलता हटाइदिने र यौन क्षमता बढाइदिने केही खानेकुरा यस्ता छन् :

१. गाजरको हलुवा

हरेक दिन गाजरको हलुवा सँगै दुध पिनाले व्यक्तिको यौन दुर्वलता कम हुने र यौन रुची बढ्ने गर्छ ।

२. हलेदो

पुरुषमा यौन क्षमता बढाउन तथा शुक्रकिटको स्वास्थ्यका लागि हलेदो पनि निकै उपयोगी हुन्छ । हलेदो पिँधेर वा बेसार नै भएपनि महमा मिलाएर नियमित रुप्मा खानाले यौन दुर्वलता कम हुन्छ । साथै यसले व्यक्तिको रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

३. प्याज

प्याजले मानिसको यौन क्षमता बढाउँछ भन्ने कुरा सुन्दा अचम्म लाग्नसक्छ । तर यो त्य हो की प्याजलाई नियमित रुपमा खानाले व्यक्तिको यौनेच्छामा वृद्धि हुनुका साथै महिलाहरुमा महिनावारीको समस्या पनि कम हुन्छ ।

४. दालचिनी

हरेक दिन बिहान तथा बेलुकी दुइ ग्राम दालचिनीको धुलो दुधमा मिलाएर पिउनाले व्यक्तिमा यौन क्षमतामा वृद्धि हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

जिरा र यसको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply