अन्तर्राष्ट्रिय समाचार

पानीबाट चल्ने मोटरसाइकल बनाए १० कक्षाका छात्रले

नयाँ दिल्ली– बिज्ञानले धेरै असम्भव कुरालाई सम्भव बनाएको छ । भविष्यमा यस्तो समय पनि आउनेछ जब तपाईं पानीबाट चल्ने मोटरसाइकलमा सवार हुनुहुनेछ किनभने यस्तो मोटरसाइकल भारतका १० कक्षामा पढ्ने एक छात्रले बनाइसकेका छन् । पानीबाट चल्ने विशेषताबाहेक यो बाइकले दिने माइलेज पनि उत्कृष्ट छ । यो मोटरसाइकल एक लिटर पानीमा २५० किलोमिटर चल्दछ । पानीबाट चल्ने भएका कारण यो मोटरसाइकलमा कुनै पनि दुर्घटनाको खतरा हुने छैन । यो बाइकको अर्को विशेषता भनेको यसलाई बनाउन ३,०४० रुपैयाँ खर्च भएको छ ।

नित्याशिष भंडारी नामका यी छात्रले बनाएको यो मोटरसाइकललाई ४२ औँ स्टेट लेभल साइन्स म्याथम्याटिक्स एण्ड इन्भायरमेन्ट एक्जिबिसन–२०१५ मा प्रदर्शनको लागि राखिने बताइएको छ । भंडारीले पेट्रोल बाइकलाई परिवर्तन गरेर त्यसलाई पानीबाट चल्ने बनाएको छ । उनले यो बाइकलाई पानीबाट चलाउनका लागि अक्सी हाइड्रोजन सेलका तीन प्लेट्स ३/७ इन्जिनमा फिट गराए जसले पानीलाई अक्सी हाइड्रोजन ग्याँसमा परिवर्तन गर्ने गर्दछ । यद्यपी, यो बाइकलाई एकपटक स्टार्ट गर्न भने पेट्रोलको आवश्यक पर्छ । नित्याशिषका अनुसार यो किटलाई कारमा पनि लगाउन सकिन्छ जसले साना कारहरु निकै सजिलो तरिकाले चलाउन सकिन्छ । यो किटमा समुन्द्री वा डिजिटल वाटको प्रयोग गर्न सकिनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!