यौन जिज्ञासा

गर्भ कसरी रहन्छ ? 

गर्भवती हुनु र आमा वन्नु महिलाका लागि सौभाग्य र जिम्मेवारीको बिषय हो । एउटा विवाहित नारी जबसम्म आमा बन्दिनन् उनले आफुलाइ पुर्ण महिला भएको महसुस गर्न सक्दिनन् । विवाहसँगै परिवारमा अर्को खुशियाली ल्याउने बिषय सन्तानसँग पनि जोडिएको हुन्छ तर कतिपय अवस्थामा विवाह भएको लामो समयसम्म पनि गर्भ नरहदा परिवारमा चिन्ता छाएको छाएको हुन्छ । गर्भ कहिले र कसरी रहन्छ भन्ने विषयमा कतिपय युवा युवतीमा भ्रम र अज्ञानता पाइन्छ,जसले उनीहरु चिन्तामा पर्छन् । महिला र पुरुषको बराबरी भुमिकाका आधारमा गर्भ रहन्छ ।

कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधंै यस्तो हुँदैन। गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ। शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ। शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको बेला हुनु आवश्यक छ। महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ।

गर्भ रहन पुरुषको वीर्यमा भएको शुक्रकीट तथा महिलाको डिम्बको मिलन आवश्यक छ । यसका लािग अनेक कुराको तालमेल मिल्नुपर्छ । १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा गर्भ रहनका लागि आवश्यक हुन्छ । सामान्यत: महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा गर्भ रहने सम्भावना कम हुन्छ भने डिम्ब निस्कने बेलातिर गर्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यदि महिनावारी ढिलो–चाँडो हुने गरेको भए यी दिनहरू पनि फरक पर्न सक्छन् ।

यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको हुने रहेछ भने २८–१८ = १० हुन्छ, अर्थात दसौं दिनदेखि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । ३०–११ = १९ हुन्छ, अर्थात १९ औं दिनभन्दा पहिले यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । तपाईंले आफ्नो र आफ्नी केटी साथीको स्थिति बुझ्नु नै भयो होला ।

साभार :  डा. राजेन्द्र भद्रा, साप्ताहिक प्रकाशित : श्रावण १३, २०७३

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!