राष्ट्रिय समाचारसमाचार

नेपालमा पहिलो साइन्स फिक्सन फिल्म बिजुली मेशीनको ट्रेलर सार्वजनिक

श्रावण २७, २०७३ काठमाडौं ।

नेपालमै पहिलो पटक साइन्स फिक्सन फिल्म ‘बिजुली मेशीन’को टिजर  बुधबार बुधबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सार्वजनिक गरिएको छ । नेपालमा बिजुली उत्पादनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने युवाको कथा फिल्मको विषय हो। नेपालमा बिजुली उत्पादनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने युवाको कथा ‘बिजुली मेसिन’को टिजर सार्वजनिक समारोहमा  गगन थापाले नेपालमा विज्ञान तथा प्रविधिको विकासको आवश्यकता बुझाउने चलचित्र बनेकोमा खुशी लागेको छ । ऊर्जा उत्पादनको खोज हाम्रो आवश्यकता हो । यो फिल्मले युवाहरुमा त्यो जोश प्रदान गर्न सक्छ भन्ने आशा छ ।”

‘अहिले नगरे कहिले गर्ने, अनि हामी युवाले नगरे कसले गर्ने ?’ भन्ने यथार्थ सवालको उत्तर दिने प्रयास उक्त चलचित्रले गरेको निर्देशक नविन अवालले जानकारी दिए । ‘बिजुली मेसिन’का निर्देशक विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न चाहने युवाको खोजको कथा फिल्ममा देखाइएको निर्देशक अवालाले बताए ।  उनले चलचित्रमा नेपालमा जारी ऊर्जा संकट, त्यसले रोजगार, शिक्षा एवं आम मानिसको दैनिक जीवनमा पारिरहेको असर, पछिल्लो पुस्ता विज्ञान र प्रविधिजस्ता विषयमा आकर्षित भैरहे पनि शून्य सफलता हात लागेको र युवा शक्तिको ऊर्जा बेकारमा खेर गैरहेको कुरालाई मुख्य कथावस्तु बनाइएको छ ।

१ करोड रुपैयाँको लगानी बताइएको फिल्म आउँदो भदौ ३१ बाट प्रदर्शन हुँदै छ । १२० मिनेट लामो फिल्मलाई रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेको चलचित्रमा नायक राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, बुद्दी तमाङ, लक्ष्मी भुषाल, जीवन भट्टराई, कमलमणि नेपाल आदिको मुख्य भूमिका छ ।

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!