सम्पादकीय

नेपालमा बन्यो पहिलो साइन्स फिक्सन फिल्म ‘बिजुली मेशीन’

श्रावण २७, २०७३ ।

कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ। विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो। विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ। विज्ञान, सूचना प्रविधिको प्रगतिले संसारभरि जीवन परिवर्तन गरेको छ। नेपाली फिल्मको इतिहासमा परम्परागत विषयभन्दा फरक विषयबस्तु विज्ञान र प्रविधिलाई समेटिएको  ‘बिजुली मेशीन’ पहिलो साइन्स फिक्सन फिल्म हो ।

विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न चाहने युवाको खोजको कथा फिल्ममा देखाई वैज्ञानिक कथावस्तुमाथि नै फिल्म बन्नु सराहनीय कुरा हो । नेपालमा विज्ञान तथा प्रविधिको विकासको आवश्यकता बुझाउने चलचित्र बन्नु आफैमा गर्वको कुरा हो । बैकल्पिक ऊर्जा उत्पादनको खोज हाम्रो आजको आवश्यकता हो ।

नेपालमा बिजुली उत्पादनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने युवाको कथामा आधारित  फिल्मले विज्ञान र प्रविधिका नयाँ आविष्कारका क्षेत्रमा काम गर्न चाहने युवाहरुमा थप जोश, जागर, हौशला प्रदान गर्नुका साथै प्रेरणाको स्रोत भएको छ ।

तर फिल्ममा ध्वनिबाट ऊर्जा उत्पादनका लागि संघर्षरत विद्यार्थी साइमन र अलौकिक क्षमता भएको पात्र प्रतिकको खोज, मेहनत र अन्य कृयाकलाप वरिपरी फिल्मको कथा घुमेतापनि ब्यबहारिक जीवनमा त्यसको औचित्यता पुषठी गर्न समय लग्ला । जे होस राम्रो सुरुवात भएकोमा हृदयदेखि मुक्तकण्ठले प्रशशा गर्नैपर्छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!