हेल्थ टिप्स

कुकुर पाल्दा स्वस्थ जीवन

एजेन्सी । कुकुर पाल्दा स्वस्थ जीवन बारेमा चर्चा गरौ । कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन्। यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईंको लागि थप खुसीको कुरा छ। अमेरिकाको बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित केही तथ्य सार्वजनिक गरेको छ।

१. मुड राम्रो बनाउँछ

तपाईंको कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउनाले तनाव घट्न गई खुसी बढ्छ। कुकरसँग खेल्नाले मस्तिष्कमा डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ, जुन खुसी र शान्तिसँग सम्बन्धित छ। कुनैबेला तपाईंले निराश महसुस गर्नुभयो भने कुकुरसँग केही समय बिताउनुहोस्। कुकरले हल्लाउने पुच्छरले पक्कै पनि तपाईंको अनुहारमा मुस्कान थप्नेछ।

२. कार्डियोभास्कुलर रोगको जोखिम घटाउँछ

अध्ययनहरुले घरमा भएको कुकुरसँग कुराकानी गर्दा र खेल्दा रक्तचाप घटाउन सहयोग पुग्छ, जसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ।

३. कुकुरले बच्चालाई हुनसक्ने छालाको रोग एलर्जीबाट जोगाउन सहयोग गर्छ

घरमा बिरालो हुने वा कुकुर नहुने बालबालिकाको तुलनामा कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो हुने सम्भावना कम हुन्छ। साथै, उनीहरुलाई घरपालुवा जनावरसँग हुने एलर्जी पनि कम हुन्छ।

४. कुकुरले शारीरिक स्वस्थतालाई सुधार गर्छ स्वस्थ दैनिकीलाई प्रोत्साहन गर्छ

कुकुरलाई दैनिक रुपमा कसरतको आवश्यकता पर्दछ। मानिसलाई पनि दैनिक व्यायामको खाँचो हुन्छ। हामीले बिहान कुकर डुलाउनेहरु पनि पर्याप्त देखेका छौं। कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन्।

५. कुकुर भएका मानिसहरु बिरामी भएमा चाँडै निको हुन्छन्

कुकुर पाल्ने व्यक्तिहरु नपाल्नेको तुलनामा रोगबाट चाँडै निको हुन्छन्। हृदयघात भएका व्यक्तिहरुमध्ये कुकुर पाल्नेहरु पूरै निको हुने सम्भावना दुई गुणा हुने देखिएको छ।

६. कुकुर भएको घरका बालबालिकाले कम मात्रामा विद्यालय छुटाउँछन्

कुकुर भएको घरका बालबालिका कुकुर नभएकाको तुलनामा धेरै विद्यालय जान्छन्। यसको कारण घरमा कुकुर भएको बालबालिकाहरु कम विरामी हुनु हो। त्यस्तै, घरमा कुकुर हुँदा बालबालिकाको आत्मविश्वास समेत बढ्ने र तनावलाई सम्हाल्न सक्ने क्षमता पनि बढ्ने अध्ययनले देखाएका छन्।

७. कुकुर मानिसको सबैभन्दा राम्रो साथी हो

सुँघ्न सक्ने, हेर्नसक्ने र सुन्नसक्ने उच्च क्षमताका कारण कुकुरलाई बौद्धिक जनावरको रुपमा लिइन्छ। मानिसप्रतिको बफादारिताले पनि कुकुर मानिसको प्रिय बनेको छ। कुकुरले आफ्ना मालिकहरुको शरीरको भाषा, संवेदना र भावना राम्रोसँग बु‰नसक्छ, जसले गर्दा एक अटुट बन्धन बन्छ।

८. तिनीहरु उत्कृष्ट पहरेदारहरु हुन्

सानो उमेरदेखि नै कुकुरहरुले तपाईंको बाटोमा आउने असहज कुराहरुलाई अवलोकन गर्न र त्यसबाट सचेत हुन सिकेका हुन्छन्। सम्भावित चोरहरुलाई भुकेरै कुकुरले धपाउने गर्छन्। रोटवेलर्स, जर्मन सेफर्ड र स्कटिस टेरियर्स जातका कुकुरहरु शीर्ष पहरेदार जातमा गनिन्छन्।

९. कुकरले सामाजिक अन्तर्त्रि्कया बढाउन सहयोग गर्छन्

हो, कुकरलाई हेरचाह र मानिससँग खेल्ने समयमात्र नभई अन्य कुकुरसँग सामाजिकीकरण हुने समय पनि चाहिन्छ। यसले गर्दा कुकुर पाल्ने मानिसहरुले पनि एकअर्कासँग सामाजिकीकरणको अवसर प्राप्त गर्छन्।

१०. कुनै दिक्कलाग्दो क्षण नै हुँदैन

के तपाईंलाई घरमा बस्दा दिक्क लागेको छ र के गर्ने भनेर सोच्नुभएको छ? तपाईंले कुकुरको साथमा गर्न सक्ने धेरै कुराहरु छन्। तपाईंले कुकुरलाई घुमाउन लैजान सक्नुहुन्छ वा घुमाउन लैजाने समय छैन भने उसलाई कुनै खेलौना दिएर त्यो चपाएको हेरेर बस्न सक्नुहुन्छ। त्यो रमाइलो क्षण हुनसक्छ।

११. कुकरले तपाईंको जीवन बचाउन सक्छ

प्रिय साथी कुकुरले हाम्रो शरीरमा भएको क्यान्सरको गन्ध पत्ता लगाउन सक्छ। कुकरले मानिसको शरीरको विभिन्न भागमा सुघेर वा चाटेर क्यान्सर भएको पत्ता लगाएको धेरै उदाहरण छन्। खासमा, मानिसले यो कुरा पत्ता लगाएदेखि कुकुरहरुलाई ३ घन्टामा क्यान्सर भएको पत्ता लगाउने तालिमसमेत दिइएको छ।

१२. तपाईंसँग कुकुर हुनुको अर्थ तपाईं थप राम्रो हुनुहुन्छ

घरमा कुकुर हुनुसँगै आउने जिम्मेवारी, धैर्यता, सहयोगीपना र प्रतिवद्धताले हामीलाई अन्य मानिसको अगाडि थप बलियो र राम्रो देखाउँछ।

साभार : नागरिक न्युज

यो पनि पढ्नुहोस्

स्वस्थ जीवनकाे रहस्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!