धर्म-सस्कृति

अनङ्क भगवान् अर्थात् कामदेवको पूजाको दिन

Madhusudan Subedi
मधुसूदन सुवेदी

अनङ्क भगवान् अर्थात् कामदेवको पूजाको दिन को बारेमा चर्चा गरौ । कार्तिक शुक्ल द्वितीयाको दिनलाई अनङ्क अर्थात् कामदेवको पूजाको दिन हो । अनङ्क ब्रमहाका छोरा मानिन्छन् । जन्मिनासाथै यिनलाई यो वरदान प्राप्त भएको थियो कि तीनवटै लोकको सुर असुरहरूको हृदय मा यिनको राज रहन्छ । विष्णु र शिवको हृदय  पनि यिनको प्रभाव क्षेत्रमा थियो । वरदान पाउना साथै अनङ्कले पहिला आफ्ना  पिता माथि नै बाण चलाए र आफ्नो सफलता बाट प्रस; भएर यिनले एक पल्ट समाधिस्थ शिवमाथि पनि आफ्नो बाण चलाउन चाहे, तर महादेवजीलाई क्रोध आयो र उहाँले आफ्नो तेस्रो नेत्रले कामदेवलाई भष्म गरी दिनुभयो  रति कामदेवकी स्त्री थिइन् । महादेवजीको तेस्रो नेत्रको ज्वालाबाट आफ्नो पति भष्म भएर अङ्कहीन भएकोले रतिलाई सारै नै दुःख लाग्यो र यिनले महादेवजीसँग धेरै प्रार्थना गरिन् । जसबाट महादेवजीले प्रस; भएर उसँग भन्नु भयो तिम्रो पतिको फेरि जन्म हुनेछ ।

दोस्रो जन्म कामदेवको रुक्मिणीको गर्भबाट भयो, तर छैठीको दिन शम्बर नाम गरेको दैत्यले उसलाई उठाएर लग्यो । शम्बरले यस बालकलाई समुद्रमा फ्याकी दियो । समुद्रमा यसलाई एउटा माछाले निल्यो । जब यो माछा समातियोे तब शम्बरकहाँ नै आयो  । माछाको पेट काटेपछि त्यसको भित्रबाट बच्चा निस्कियो शम्वरले चिनेन कि यो त्यही बालक हो जसलाई मैले रुक्मिणी कहाँबाट चोरेर ल्याएको थिएँ, मायावती रति थिइन् । जब महादेवजीले खुसी भएर भन्नुभएको थियो, तिम्रो पति तिमीलाई फेरि भेटिन्छ र ऊ कृष्णको घरमा जन्म लिन्छ । उसैको बाटो हेरेर रतिले मायावतीको रूप लिएको हो । मायावतीले बालकको बानी व्यहोराबाट चिनिन् कि ऊ कामदेव हो त्यसैले उसले राम्रोसंँग लालन पालन गरिन् जब ऊ ठूलो भयो तब मायावतीले उसँग उसको जन्मको पूरा हाल सुनायो कि कसरी शम्बर तिमीलाई तिम्रो माता कहाँबाट हरेर लग्यो र कसरी समुद्रमा खसायो ।

बालक जसको नाम प्रद्युम्न थियो, शम्बरको यस निर्दयता सुनेर उसलाई मारी दियो । यो माछाबाट उत्पती भएकोले यसको ध्वजामा माछाको चिन्ह छ । सुगा माथि यिनको सवारी छ र हातमा फूलको धनुषबाण छ र यो पनि भन्नु भयो कि यति मात्र होइन, यस दिन जुन बहिनीले आफ्नो दाजु भाइलाई बोलाएर भोजन गराउँछे उसको घरमा धन सम्पत्तिको कहिल्यै दुःख हुँदैन । हरेक मानिसको कर्तव्य हो कि यसै दिन आफ्नी बहिनी कहाँ भोजन गरुन् र बहिनीलाई लुगा र गहना दिऊन् । जुन दिदी बहिनी यस यमद्वितीयाको दिन विधिपूर्वक दाजुभाइलाई टीका, माला लगाई पूजा गरी मनाउँछिन्, उनीहरूको भाइको आयु लामो हुन्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!