विज्ञान जिज्ञासा

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण के ?

Gopal Bhandari
गोपाल भण्डारी

खास गरी हिन्दूका सोह्र संस्कारमध्ये एक ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ। हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै भनिन्छ।

निवीती दक्षिणे कर्णे यज्ञोपवीतं कृत्‍वा मूत्रपुरीषे विसृजेत्‌ ।
ऊर्ध्‍वं नाभर्मेध्‍यातर: पुरुष: परिकीर्तित: ।।

यसको अर्थ के हुन्छ भने मानिसको शरीरको नाइटोभन्दा माथिको भाग शुद्ध र तलको भाग अशुद्ध  मानिन्छ । मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलार्इ घाँटी वरिपरि श्रृंखलामा राखी दाहिने कानमा सिउरिने गरिन्छ । धर्मशास्त्रले अक्सर गरेर दाहिने कानको महत्त्व दर्शाउछ । गायत्री जप्दा हत्केलामा पानी राखी आचमन गरी दाहिने कान स्पर्श गरी आदित्य, वसु, रुद्र, वयु, अग्नि, धर्म, वेद , आपा, सोम, सूर्य, अनिल, आदि जस्ता विभिन्न देवदेवीहरूको अनुष्ठान गरिन्छ । यसरी दाहिने कानलार्इ पनि शुद्ध मानिन्छ  तर अरु चाही अशुद्ध हुन भनेको होईन । जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभीसम्म मात्र हुनुपर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ।

मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलार्इ कानमाथि कसेर दुर्इचाेटी बाँध्नुपर्दछ । चिकित्सा विज्ञानका अनुसार दाहिने कानका पछाडिका नसाहरु जसकाे सम्बन्ध अण्डकोष र गुप्तेन्द्रियोसँग हुन्छ । मल-मूत्र विसर्जनको समयमा सानो मात्रामा द्रव्य बाहिर निस्किन्छ । आयुर्वेदको अनुसार दाहिने कानमा जनै सिउरिदा द्रव्य बाहिर निस्किने रोकिन्छ ।  राती सुत्दा दाहिने कान बाध्नाले पटक-पटक नाइट फल भईरहने कम गर्न सकिन्छ। पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रको रक्षा हुनुको साथै नराम्रो सपना देख्ने पुरुषको लागि दाँया कानमा जनई राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ। मूत्र त्याग गर्ने बेला दाँया कानमा जनै सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ। यस्तो ज्ञात अज्ञात शुक्राकीटहरूको रक्षा हुन्छ। यसबाट मानिसको बल तथा तेज वृद्ध िहुन्छ।

यस्तै दाहिने कानका पछाडिका नसाहरु जसकाे सम्बन्ध पेटका अान्द्रासग हुन्छ । यसरी अान्द्रामा दबाब पारेर त्यसलार्इ पूरा खाेली दिन्छ ।  यसबाट मल विसर्जन सजिलाे भई जसबाट कब्जियत, एसीडीटी, पेट रोग, मूत्रन्द्रीय रोग, रक्तचाप, हृदय रोगसहित अन्य संक्रामक रोग लाग्न पाउँदैन। पेट सफा भयो भने शरीर र मन दुबै स्वस्थ हुन्छ । कानमाथि प्रत्येक दिन जनै राख्ने र कस्ने गर्नाले स्मरण शक्तकिो क्षय हुँदैन। यसबाट स्मृति कोष बढ्दछ। कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसको सम्बन्ध स्मरण शक्तिसँग हुन्छ। वास्तवमा गल्ती गर्दा बच्चाहरूको कान निमोठ्ने कारण यही भएर नै हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!