लेखहरुसूचना प्रविधि

आइटी. पार्क र यसको अवस्था अन्योल

देशमा सूचना प्रविधिको विकास गर्न २०५७ सालमा जग्गा खरिद गरि सुरु गरिएको आइटी पार्क २३४ रोपनी क्षेत्रफलमा फैलिएको छ । आइटी पार्कबाट सम्झौता बमोजिम कम्तिमा १३० जना सूचना प्रविधि सम्बन्धित दक्ष जनशक्तिको लागि नयाँ प्रत्यक्ष रोजगारी सिर्जना हुनेछ । वार्षिक रुपमा १० वटा नयाँ सूचना प्रविधिमा आधारित कम्पनी स्थापित भई प्रत्येक वर्ष थप ५० जनालाई नयाँ रोजगारी सिर्जना गर्नेछ । आइटी पार्कभित्र प्रशासनिक भवन, व्यापारिक भवन र आवासीय भवन निर्माण भइसकेका छन्। विद्युत, टेलिफोन, भिस्याट, खानेपानी, अप्टिकल फाइबर केबलले पार्क जोडिएको छ। पार्कमा बसेर काम गर्ने पूर्वाधार सबै तयार भए पनि आइटी पार्कको गुरुयोजनामा उल्लेख भए अनुसारका पार्कभित्रै उपलब्ध हुनुपर्ने चमेना गृह, विद्यालय, बैंक, मनोरन्जनस्थल लगायत पूर्वाधार अझै तयार भएका छैनन् ।

निर्माणकालमा उद्योग मन्त्रालय, त्यसपछि सूचना प्रविधि उच्चस्तरीय आयोग मातहत पार्क रहँदै आएको थियो। आयोगको खारेजीपछि २०७० साउन १ गते गठन भएको सूचना प्रविधि विभाग अन्तर्गत यतिखेर आइटी पार्क आइपुगेको छ । सूचना प्रविधि नीति, २०६७ मा आइटी पार्कहरुको स्थापना, सञ्चालन, प्रवर्द्धन तथा विस्तार गर्दै लगिनेछ । ती पार्कमा सूचना प्रविधिजन्य उत्पादन विशेषतः सफ्टवेयर एवं उक्त प्रविधिमा आधारित निर्यातजन्य वस्तु एवं सेवाको विस्तार गर्न प्रोत्साहन गरिने उल्लेख छ। यसैका आधारमा सूचना प्रविधि विभागले विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय मार्फत मन्त्रि परिषदमा सूचना प्रविधि पार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७० पेस गरेको थियो । विभागले पार्कमा आउन चाहने आइटी उद्योगलाई पर्याप्त पूर्वाधार (कनेक्टिभिटी र पावर) को उपयोगका साथै कर छुटको समेत कार्यविधिमा प्रस्ताव गरेको छ ।

नयाँ बनेको निर्देशिका अनुसार अब बन्ने सूचना प्रविधि पार्कबाट मुख्य रुपमा विभिन्न ११ किसिमका काम हुनेछन् । पार्कबाट सूचना प्रविधिकको डिजाइन, विकास र समग्र प्रणालीको एकीकरण, सूचना प्रविधिसँग सम्बन्धित तालिम, अनुसन्धान र विकास तथा कलसेन्टर, विजनेस प्रोसेस र आउटसोर्सिङको काम हुनेछ। यस्तै सूचना प्रविधिमा आधारित सबै सेवाहरु, सफ्टवेयर विशिष्टिकरण, सूचना प्रविधिसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मेलन पनि नयाँ पार्कमा हुनेछ । नयाँ आइटी पार्कबाट डाटा केन्द्रको संचालन, डाटा वेयरहाउजिङ तथा डाटा व्यवस्थापनको र रिकभरीको काम पनि हुनेछ । हार्डवेयर फेब्रिकेशनको काम पनि नयाँ आइटी पार्कबाट हुनेछ । नेपालमा सूचना तथा प्रविधिको विकास गर्ने उद्धेश्यले स्थापना भएको उक्त पार्क राजनीतिक खिचातनी तथा अन्य कारणले अहिले अन्योलमा छ ।

यो पनि पढ्नुहोस्  

के हो सूचना प्रविधि (Information Technology) ?

के हो प्रविधि ? 

डिजिटल डिभाइड (Digital Divide) भनेको के हो ?

के छ आइटी पार्कमा ?

कूल २३४ रोपनी (करिब १२ हेक्टर) क्षेत्रफल

१. व्यापारिक भवन : १८१२.५४ वर्गमिटर (१४४ वटा वर्क स्टेसनहरु)

२. प्रशासनिक भवनः ५८५.६० वर्गमिटर (पुस्तकालय र सभाकक्ष)

३. आवासीय क्षेत्र : ७०६.४२ वर्गमिटर (३ स्टुडियो खालको कोठा, २ शयन कोठा भएको फ्ल्याट, २ डुप्लेक्स व्यवस्थापक र पाहुना घर)

बिजुली : बाहिरी विद्युतीय आपूर्ति व्यवस्था चालु अवस्थाको र ३०० केभिए क्षमताको डिजेल जेनेरेटर

सञ्चार : स्तरीय फाइबर अप्टिक र भिस्याट

अन्य विशेषताहरु

१. आधुनिक पूर्वाधार

२. भूकम्पप्रतिरोधी आवास

३. सदाबहार पानी सुविधा

४. चौबिसै घन्टा काम गर्ने वातावरण

५. व्यक्तिगत र अन्तरकार्यालय गोपनीयता कायम हुने व्यवस्था

६. भविष्यमा कार्यालय विस्तार गर्ने ठाउँ र मनोरञ्जनका लागि पनि यथेष्ट क्षेत्र

७. उच्च एवं द्रुत डाटा सञ्चार गर्न सकिने सुविधासहित इन्टरनेट र अन्य पूर्वाधार।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!