खानपानहेल्थ टिप्स

बेसन र यसको उपयोगिता


डा. अरुणा उप्रेती

बेसन चनाबाट बनेको हुनाले प्रोटिनले भरिपूर्ण हुन्छ । बालबालिकालाई खाजामा बेसनका साथै चामल, कोदो, फापर आदिको पिठो मिलाएर रोटी बनाउने हो भने स्वस्थकर र स्वादिष्ट हुन्छ । अन्डासंँग विभिन्न थरीका पिठो र बेसन मिसाएर अमलेट बनाउन सकिन्छ । विभिन्न धार्मिक र सामाजिक उत्सवमा गुलियो खाने चलन छ ।

बेसनको लड्डु बनाउँदा काजु, बदाम आदि हालेर, गुलियोका लागि चिनीको सट्टा गुँड वा सख्खर राख्ने हो भने कति स्वस्थकर, स्वादिष्ट हुन्थ्यो होला ? बालबालिकालाई बेसनले बनाएका परिकार दिन सकियो भने फाइदा हुन्छ । यसको सेवनले कुपोषणले बिरामी भएपछि हुने स्वास्थ्य समस्या रोक्न सकिन्छ ।

झमझम पानी परेका बेला बेसन र प्याजको पकौडा र चिया खाँदा मज्जा हुन्छ । मेरी हजुरआमा चना उमारी पिसेपछि त्यसलाई पानीमा घोलेर फाँडो बनाउनुहुन्थ्यो । बेसनको पिठो अमिलो महीमा घोलेर पकाउँदा पनि मिठो फाँडो वा कढी बन्छ । यो बनाउन सजिलो छ । कढीमा बेसनकै केही पकौडा हालिदियो भने झनै मिठो हुन्छ ।

यो पनि पढ्नुहोस्

बेसार र यसको उपयोगिता

प्याज र यसको उपयोगिता

जामुन र यसको उपयोगिता

ल्वाङ र यसको उपयोगिता

धतुरो र यसको उपयोगिता

Like & Follow us on Facebook

उसिनेको आलुमा राम्ररी भुटेको बेसन एक-दुई चम्चा र केही घिउ हालिदियो भने शिशुलाई प्रोटिन पुग्छ । स्वादिष्ट पनि हुन्छ । बालबालिकाका लागि खानेकुरा गुलियो हुनुपर्छ, अमिलो पनि हुनुपर्छ, ताकि विस्तारै बालबालिकाले विभिन्न स्वाद लिन सकुन् । बेसनको बुँदियालाई केही मसला र नुन मिसाएको दहीमा हालिदियो भने रायता बन्छ । त्यही बुँदियामा अलिकता चासनी वा सख्खर मिसाइयो भने मिठो, गुलियो, स्वादिलो पौष्टिकताले भरिपूर्ण परिकार बन्न सक्छ ।

सुजी र बेसनको हलुवा बनाउँदा भिन्नै परिकार बन्छ । त्यही बेसनमा अलिकता आलु मसिनो गरी काटेर केही हरियो तरकारी पनि हालेर पकाइयो भने नुनिलो परिकार बन्छ । त्यसमा केही पिसेको जिरा, धनिया हालेपछि स्वादिष्ट खाजा तयार हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!