खानपानहेल्थ टिप्स

गाईको दुध र यसको उपयोगिता

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


आमापछि गाईलाई धाई आमा भन्ने चलन छ शायद यो कुरा कतिलाई थाहा नहुन सक्छ । मानिसले प्रयोग गर्ने दुधमा गाईको दुध सवैभन्दा बढी पौष्टिक मानिएको छ । भरखर जन्मेको बच्चालाई सवैभन्दा राम्रो र चाडै पच्नेमा र पातलो हल्का दुध हामीले गाइको दुध मानेका छौं । गाइको दुध पौष्टिक भएकाले नै गाइलाई राष्ट्रिय जनावर छनोट गरिएको छ ।

हामीले सेवन गर्ने दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । गाइको दुध स्वास्थ्यका लागि महत्वपूर्ण मानीएको छ । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । माछामासु नखाने व्यक्तिहरुका लागि दुध प्रोटिनको मुख्य स्रोत हो ।

दुधलाई यसकारण पनि पूर्ण भोजन मानिन्छ कि यसमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । दुधमा उपलब्ध यति धेरै पोषक र पाचक गुणका कारणले यसलाई आयुर्वेदमा एउटा छुट्टै स्थान दिइएको छ ।

यो पनि पढ्नुहोस्

बेसन र यसको उपयोगिता

बेसार र यसको उपयोगिता

प्याज र यसको उपयोगिता

जामुन र यसको उपयोगिता

ल्वाङ र यसको उपयोगिता

धतुरो र यसको उपयोगिता

आयूर्वेदका अनुसार दुधबाट स्वास्थ्य लाभ लिनका लागि सबैभन्दा पहिले यो थाहा पाउनुपर्छ कि यसलाई कतिबेला र कसरी पिउने हो ? आयुर्वेदका अनुसार हरेक दिन दुध पिउने एउटा विशेष समय हुन्छ । उक्त समयमा दुध पिउँदा तपाईंले बढि भन्दा बढि फाइदा लिन सक्नुहुन्छ ।

आयुर्वेद विशेषज्ञहरुका अनुसार दुध बिहानै वा राति सुत्नुअघि पिउनु भनेको छ । यसबाट अत्यधिक लाभ लिनका लागि यसमा अश्वगन्धा वा त्रिफला मिलाएर पिउनुपर्छ । यसबाट तपाईंलाई राति राम्रो निद्रा पर्छ भने आँखाको ज्वती बढाउनुको साथै शरीर मोटो बनाउनुमा राम्रो भुमिका खेल्दछ ।

दुधसंग कतिपय लेखहरूमा केरा नमिसाउनु यसले हानी गर्छ भनेर उल्लेख गरेको पाइन्छ तर यो गलत हो किनकि केरा पौष्टिक फल हो र धेरै खाए यसले नोक्सान गर्न सक्ला तर एक गिलास दुधसंग एउटा दुईवटा केरा खानाले मानिस मोटाउने कुरा वैद्यक ग्रन्थमा उल्लेख गरेको छ ।

Like & Follow us on Facebook

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!