प्रत्येक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने
काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताउनु भयो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गर्दै रु १ खर्व ६३ अर्ब ७६ करोड पुर्याइएको छ । बायोलोजिकल, सेरोलोजिकल र अपराध अनुसन्धानलाई सहज बनाउन हाल संघीय तहमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई केन्द्रीय अनुसन्धानात्मक निकायको रूपमा विकास गरी हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिनेछ ।
Like & Follow us on Facebook
यो पनि पढ्नुहोस्
आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठ)
यस्तो छ विज्ञान तथा प्रविधिको विकासको लागि आ.व. २०७६/७७ को बजेटमा
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनालाई १ अर्ब १० करोड