राष्ट्रिय समाचार

प्रहरीको आग्रह एटीएम प्रयोगकर्तालाई पिनकोड परिवर्तन गर्न

काठमाडौं, कात्तिक २२ । प्रहरीको आग्रह एटीएम प्रयोगकर्तालाई पिनकोड परिवर्तन गर्न ! नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एटीएम चलाउने सम्पूर्ण ग्राहकलाई तत्काल पिनकोड परिवर्तन गर्न आग्रह गरेको छ । अर्काको पिन र पासवर्ड चोरी गरी नेपाली एटीएम बुथबाट पैसा निकाल्ने अन्तर्राष्ट्रिय गिरोह नेपालमा पनि सक्रिय भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो ।

नेपालमा अहिले ३५ लाख एटीएम प्रयोगकर्ता रहेको सिआइबीको तथ्याङ्क छ । तीमध्ये अधिकांशको पिनकोड चोरी भएको प्रहरीले जनाएको छ । अर्काको एटीएमको पिन र पासवर्ड चोरेर पैसा निकाल्ने तीन रोमानियनलाई सिआइबीले पक्राउ गरेको छ ।

जिता हुजुन, इओसिफ मोरारु, एलुक्स क्रिस्टेइनलाई सिआइबीले पिनकोड र पासवर्ड परिवर्तन गर्न प्रयोग गर्ने सामाग्री सहित आज सार्वजनिक गरेपछि नेपालको एटीएम असुरक्षित रहेको भन्दै प्रहरीले सबै एटीएम प्रयोगकर्तलाई पिनकोड परिवर्तन गर्न भनेको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!