पर्यटन

नेपालको पर्यटन विकास र अर्थतन्त्र

जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गतीलो मार्ग प्राप्त गर्छ। देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले त्यस देशको पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ। एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस् वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवासुविधाहरुमा रकम खर्च गर्नु पर्ने हुन्छ। उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतीमा समेत सहयोग पुराउने गर्दछ। त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबै भन्दा पहिले यहाँ पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ।

नेपाल आफैमा पर्यटन विकासको सम्भावना बोकेको देश हो। पर्यटनलाई आकर्षण गर्नका लागि प्रकृतिले विश्वकै अग्लो सगरमाथा, थुप्रै हिम श्रृङ्खला, विभिन्न नदीनाला, हरीयाँ अग्ला चुचुरा तथा तराईका समतल फाडँ निशुःल्क प्रदान गरेकी छिन्। त्यसमा पनि यस क्षेत्रमा भएका थुप्रै धार्मिक मठ-मन्दिर, विविध सांस्कृतिक तथा बहुभाषीक परम्पराले गर्दा पर्यटकको मनै बहकाउने गर्दछ। यस क्षेत्रमा पर्यटकको आकर्षक बढाउन सम्बन्धीत निकायको ध्यान जाने हो छोटो समयमा नै नेपालको अर्थतन्त्रले फड्को मार्न सक्छ।

पछिल्लो समय नेपालमा वेरोजगारी दर बढ्दै गएकाले हजारौ युवाहरु विदेश पलायन भएका छन। नेपाली श्रम विदेशी भूमिमा जुहावट भैरहदा नेपालको आर्थिक विकास हुने सम्भावना कदापी रहदैन्। त्यसैले नेपाली युवालाई रोजगार प्रदान गर्ने राम्रो सम्भावना भनेकै पर्यटन विकास हो। पर्यटनको विकास हुदा यस क्षेत्रमा एउटा चिया पसलको समेत आर्थिक सुधार हुन्छ। जति रोजगारको राम्रो सम्भावना पर्यटन विकासमा हुन्छ, त्यति अन्य क्षेत्रमा न्यून हुन्छ। नेपालको पर्यटन विकासमा लगानी लगाएर पर्यटकका लागि आबश्यक पर्ने सेवा सुविधाको राम्रो व्यवस्था गर्न सक्ने हो भने हजारौ युवाको रोजगारको बाटो खुल्छ। नेपाली श्रम वजारमा श्रमको उजित मूल्य पर्यटन क्षेत्रले प्रदान गर्न सकेका अबको केही वर्षमा नेपालको आर्थिक क्षेत्रको कायापलट नै परिवर्तण हुनेछ।

अहिले पनि पर्यटन क्षेत्रमा सरकारले लगानी गर्न नसक्दा सम्भावना हुँदा हुँदैपनि नेपालको पर्यटन विकासको गति सुस्त गतिमा चलेको छ। पर्यटन विकासको मुख्य केन्द्रमा नै सरकारी हस्तक्षेपले नेपाल भित्रीने पर्यटकमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ। सरकारी निकाय नै पर्यटन विकासका लागि क्रियाशिल नदेखिदा पर्यटन विकासले गति लिने सम्भावना रहदैन। यदि साच्चिकै देशको आर्थिक विकासमा परिवर्तण गर्ने हो भने यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउन पर्यटन विकासलाई अग्रपंक्तिमा राख्न जरुरी छ।

नीजि क्षेत्रले पनि पर्यटन विकासका लागि सक्दो प्रयास त गरेका छन्। तर त्यति प्रयासले मात्र समग्र नेपालको पर्यटन विकासले फड्को मार्न सकेको छैन्। नेपाल भित्रिनी पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा पर्यटकको सङ्ख्यामा कमि देखिएको छ। जसले गर्दा पर्यटन व्यवसायिहरुको व्यवसाय समेत धरापमा पर्ने गरेको छ। उदाहरणका लागि केही समय अगाडि मनाङ,मुस्ताङमा भएको हिमपात तथा हुदहुद आँधिका कारण दजनौ पर्यटन हराएका थिए। त्यही कारण उक्त स्थानमा पर्यटक सङ्ख्यामा कमि देखिएको छ। यस्ता प्राकृतिक विपतबाट हुने जोखिम रोक्न सरकारले पूर्व सुरक्षा अपनाउन नसक्दा पर्यटनहरुमा नकारात्मक प्रभाव पर्ने गर्दछ। त्यस्तै निजी व्यवसायीहरुबाट पर्यटक ठगीनु, विभिन्न व्यक्तिहरुबाट पर्यटकहरु लुटिनुले गर्दा पनि नेपालको पर्यटन क्षेत्र खस्कदै गएको छ। यस्ता समस्यालाई सरकारले कडाइ गर्न सकेमा मात्र पर्यटक सङ्ख्यामा वृद्धि हुन सक्छ।

नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ। निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ। पर्यटन विकासका लागि नीति निर्माण गर्ने निकाय नै निदाउन थाल्ने हो भने कसरी नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ? यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ।

ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्वता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेर क्षेत्रमा सरकारले लगानी बढाउन नसकेका कारण र सो ठाउँमा पर्यटकको सेवा सुविधा अप्रयाप्त भएकै कारण नेपालको पर्यटकीय विकास ओझेलमा परेको छ। सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ। सरकारले सम्भवत: पर्यटन विकासमा लगानी नै गर्न सकेको छैन भन्दा पनि फरक नपर्ला ? किनकी हरेर वर्षमा नेपाली पर्यटकको सङ्ख्यालाई नियाल्ने हो भनेपनि खासै प्रगती हुन सकेको छैन। सो नतिजाले पनि नेपालको पर्यटन विकास सफल हुन नसकेको पुष्टि भएको छ।

सरकारले जुन क्षेत्रमा आर्थिक सम्भावना बढि रहेको छ , त्यस क्षेत्रलाई बढि प्राथमिकता दिइनु पर्ने हो। तर, सरकारले त्यसो गर्न सकेको छैन्। जसले गर्दा नेपालको अर्थतन्त्र माथि उठ्न सकेको छैन्। नेपालको पर्यटकीय क्षेत्रमा आर्थिक सम्भावना राम्रो देखिएपनि सरकारले त्यसलाई चिन्न सकेको छैन्। पर्यटन क्षेत्रमा लगानी गर्न सरकार इच्छुक नदेखिए देशको वेरोजगार र गरीवी न्यूनिकरणमा सुधार आउन भन्नेमा दुई मत छैन्।

देशको अभिभावक भनेकै सरकार हो। सरकारनै देशको विकासमा अग्रसर नदेखिए निजी क्षेत्रको एक्लो प्रयासले मात्र समग्र देशको विकास सम्भव हुदैन्। अहिले राजनीतिक उतावचडाबले गर्दा देशको विकास गती रोकिएको छ। राजनीतिज्ञ अहिले पनि सत्ता प्राप्तीकै मोहमा झुम्मीएका छन्। उनीहरुलाई अहिले देशको विकास कसरी हुन्छ भन्ने कुरा सोच्न समेत फुर्सद छैन्। त्यसैले अहिले विकासका काम ठप्प भएका छन्। सत्ता प्राप्तीको मोह त्यागेर सरकार विकास निर्माणका कामलाई प्राथमिकतामा राख्नका लागि सबै राजनीतिक दलहरु सत्ताको मोहबाट उम्कन जरुरी छ। सत्ताको मोहलाई त्यागेर विकासका कामको सुरुवात गर्ने हो भने अहिले देखिनै सबैले पर्यटन विकासमा चाँसो राख्नु पर्छ। पर्यटनका सम्भावना बोकेका तथा प्रचार-प्रसारको कमिले ओझेलमा परेका पर्यटकीय क्षेत्रको भौतिक पुर्वाधारमा सुधार ल्याएर नेपाल भित्रीने पर्यकलाई (काठमाडौँ क्षेत्र) खोपि केन्द्रित नवनाएर विभिन्न पर्यटकीय क्षेत्रहरुमा घुमाइदिन सक्ने हो भने अवको केही समयमा नै नेपालमा राम्रो पर्यटन व्यवसायको प्रर्वद्धन बन्न सक्छ।

नेपालको पर्यटन व्यवसायलाई दिगो र छोटो समयमा नै उत्कृष्ट र सफल बनाउन निजी पर्यटन व्यवसायिहरुलाई प्रोत्साहन गर्ने, प्रर्यटनका सम्भावना बोकेका तर भौतिक पूर्वाधार नपुगेका क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने, प्राकृतिक विपतबाट हुने जोखिमलाई कम गर्न पूर्व सुचना केन्द्रको स्थापना गर्ने , पर्यटकीय क्षेत्रलाई सफा र आकर्षण बनाउने,  पर्यटकलाई सेवा सुविधा प्रदान गर्नका लागि व्यवसायिहरुलाई तालीमको व्यवस्था गर्ने, पर्यटकको सुरक्षा तथा उक्त स्थानको बारेमा सबै जानकारी प्राप्त गरेको व्यक्तिलाई पर्यटकको (पर्यटक घुमाउने मान्छे) गाइटको जिम्मा दिनाले अबको केही वर्षमा पर्यटन व्यवसायमा सुधार आउने छ।

नेपालका विश्व सम्पदा सूचिमा परेका क्षेत्रको समेत सरकारले राम्रो व्यवस्थापन गर्न सकेको छैन्। बाहिर स्थानमा भएका थुप्रै पर्यटकीय सम्भावना बोकेका त्यस्ता स्थान छन्, त्यहाँ त झन सरकारको ध्यान पुग्न सकेको छ्रैन्। पर्यटन विकासको नाममा खोपी केन्द्रीत पर्यटनको विकासमा मात्र ध्यान दिदा पर्यटन विकासमा सुधार आउन सकेको छैन्। जति धेरै पर्यटकको संख्यामा बृद्धि गर्न सक्यो त्यति नै धेरै नेपालको आर्थिक उन्नती हुने हो। त्यसैले नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सरकार र सम्बन्धीत निकायले पर्यटकको सङ्ख्यामा वृद्धि गर्न आवश्यक छ।

सरकारले पर्यटन व्यवसायको दिगो विकास गर्न सकेकमा रोजगारको बाटो खुल्छ , रोजगारी श्रीजना भएमा यहाँका व्यक्तिको जीवन स्तरमा सुधार आउछ। व्यक्तिको जीवनस्तरमा सुधार आएमा सिङ्गो देशको अर्थतन्त्रको विकास हुन्छ। आर्थिक विकास भएमा देशमा शान्ती, सम्वृद्धि र अमनचयन कायम हुन्छ। त्यसैले नेपालको अर्थतन्त्रलाई माथि उठाइ यहाँको समग्र पक्षको विकास गर्नका लागि सबै भन्दा पहिले पर्यटन विकासमा ध्यान दिन जरुरी छ।

साभार : डिसी नेपाल डट कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!