मुख्य समाचार

यस्तो छ राष्ट्रिय विज्ञान दिवस-२०७६ को नारा

२६ भदौ, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असोज १ गते सातौ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिइएको हो ।

जनचेतनामूलक कार्यक्रम र अभियानका माध्यमबाट विज्ञान, प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति र संस्थाको दक्षता देश विकासमा उपयोग गर्न टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्षझैं यसपालि पनि राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । उक्त दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र विभिन्न संस्थाले विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सरकारले असोज १ गते ‘राष्ट्रिय बिज्ञान दिवस’ भव्यताका साथ मनाउने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!