शास्त्र

के हो श्रीमद्भगवद गीता ?

श्रीमद्भगवद गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । श्रीमद्भगवदगीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । श्रीमद्भगवदगीता आफैमा पूर्ण शास्त्र हो ,वेद र उपनिषद् हरुको सार हो । सम्पूर्ण मानव जातिको लागी हो, गीता सम्पूर्ण देश, काल र जातीको लागी हो।

जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडी आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ ।

मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।

भगवद्गीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ ।

स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो यसमा अनित्य देह भन्दा नित्य आत्माको निरूपण गरिएकोछ। यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

केटीले तपाईंलाई मन पराएको थाहा पाउने लक्षणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!