विज्ञान जिज्ञासास्वास्थ्य

किन पिसाब रोक्न सकिँदैन ?

पिसाबसम्बन्धी विकारअन्तर्गत थुप्रै रोगहरू पर्दछन् । जसमा पिसाब पोल्नु,पिसाब रोक्न,  पिसाब रोकिनु, पिसाब रोकी रोकीकन आउनु, पत्थरी हुनु र धेरै मात्रामा पिसाब लाग्नु (बहुमूत्र) हुनु, मधुमेह हुनु । यी सबै रोग बडो कष्टदायी हुन्छन् । यदि समयमा यसको उपचार गरिएन भने यसको परिणाम घातक पनि हुन सक्छ । अस्तव्यस्त तथा भागदौडको जीवनशैली बिताउने व्यक्तिमा प्रायः पिसाबसम्बन्धी समस्या देखिने गर्दछ । यी रोगहरूको सम्बन्ध तपाईंको जीवनशैलीसँग जोडिएको छ । मूत्रसम्बन्धी रोग लाग्नु वा नहुनु तपाईं लाइफस्टाइलमा भर पर्दछ ।

सामान्य अवस्थामा पेटभित्र जति चाप बढे पनि ‌(खोक्दा, हाछ्युँ गर्दा, सम्भोग गर्दा) मूत्र नचुहिन कुनै उपाय अपनाई राख्नु पर्दैन । शरीरको बनोट यस्तो छ कि स्त्रीमा मूत्रनली पुरुषको दाँजोमा छोटो भए पनि पिसाब चुहिँदैन । त्यसका निम्ति निम्न शारीरिक बनोट उत्तरदायी छन्:

-‍ मूत्र थौलीको घाँटी र मूत्र नलीको भित्री झिल्ली ।
– पिसाब थैली र मूत्र नलीका मांसपेशीहरू र तिनीहरूबीचको उचित समन्वय ।
– मूत्र नली र योनीको रक्तसञ्चार तथा स्नायु ।
– मूत्र नलीलाई उपयुक्त आधार प्रदान गर्ने योनीको भाग ।
– मांसपेशी र तन्तुहरूको पट्टाबाट बनेको मूत्र नलीलाई आधार दिने झोलुंगे आकारको संरचना ।

यो झोलुंगे बनावटमा योनी र मलद्वार खुम्च्याउने मांसपेशी तथा मूत्र नली अड्याउने तन्तुहरू संलग्न हुन्छन् । उल्लिखित सबै शारीरिक बनावटमा कुनै कमजोरी नहुँदा वा ती अंगको कुनै पनि भागमा क्षति नभए मूत्र नलीको बन्द अवस्थामा पिसाब थैली र पेटभित्र जति चाप बढे पनि त्योभन्दा बढी चाप मूत्र नलीभित्र उत्पादन हुने गर्छ र नलीको भित्री भाग एकआपसमा टाँसिएर बस्छ ।

यो अवस्थामा मूत्र नलीको प्वालभित्र चाप बढ्दा यो चुहिन नसक्ने गरेर बन्द रहन्छ । पेटभित्र चाप बढ्दा मांसपेशी र तन्तुबाट बनेको झोलुंगे संरचनाले मूत्र नलीलाई च्यापेर पिसाब चुहिनबाट रोक्छ ।

साभार- अन्नपूर्ण पोस्ट, प्रा.डा. अर्जुनदेव भट्ट,  शुक्रवार, साउन २८, २०७३ प्रकाशित

यो पनि पढ्नुहोस् 

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्यको जानकारी

पिसाब चुहिने समस्याको उपचार

पिसाब चुहिने समस्याको निदान

पिसाब चुहिने अवस्थाको प्रकार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!