गर्भावस्था र यौनसम्पर्क
-डा. ज्योती अग्रवाल,
स्त्री तथा प्रसुति रोग विशेषज्ञ
गर्भावस्थामा प्रायः कस्ता किसिमका समस्या देखिन्छन् ?
गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ । गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य समस्या भनिन्छ भने रक्तश्राव भएको अवस्थालाई जटिल समस्या पनि भनिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना ५० प्रतिशत हुन्छ । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन् ।
गर्भावस्थाको जटिलस्थितिको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
गर्भावस्थामा रगत बगिरहेको छ भने त्यसलाई जटिल अवस्थाको रूपमा लिइन्छ । यदि जुम्ल्याहा बच्चा छ भने पनि जटिल अवस्था सृजना हुनसक्छ । गर्भवती महिलामा प्रेसर, सुगर र जण्डिस देखिएमा जटिलता निम्तिन सक्छ । त्यसैले गर्भवतीको स्वास्थ्यमा धेरै ख्याल राख्नुपर्छ । गर्भावस्थाको अर्को जटिलता भनेको गर्भमा बच्चा उल्टो बस्ने, बच्चाले दिशा खाने, घाँटिमा साल बेरिनेलगायतका हुन् । यस्ता समस्याको पहिचानका लागि भिडियो एक्सरे गर्नुपर्छ । कहिलेकाँही गर्भ पाठेघरमा नबसी ट्युब वा अण्डाशयमा पनि बस्न सक्छ । यसलाई एक्टोपिक प्रेग्नेन्सि भनिन्छ । सामान्य अवस्थाको गर्भमा पाठेघरको मुख गर्भावस्थाभर बन्द रहन्छ । तर गर्भावस्थाको तेस्रो महिनापछि पाठेघरको मुख खुली गर्भपतन हुनसक्छ । यसबाट
पनि सचेत रहनुपर्छ । गर्भावस्थामा डिप्रेसनको समस्या पनि देखिने हुनाले यसप्रति परिवारका सदस्यहरु सजग रहनुपर्छ ।
गर्भ खेरजाने (गर्भपतन हुने) कारणहरु के के हुन् ?
गर्भमा रहेको बच्चा जन्मने अवधि नपुग्दै खेर जानुलाई गर्भपतन भनिन्छ । तीन जना गर्भवतीमा एकजनाको गर्भपतन हुने गर्दछ । कतिपय अवस्थामा थाहा नपाई पनि गर्भपतन हुने गर्दछ । अझैपनि गर्भपतन भएका पाँच जना मध्ये दुई जनाको कारण पत्ता लाग्न सकेको छैन । उमेर बढी भएका महिलामा गर्भपतन हुने सम्भावना बढी हुन्छ । त्यस्तै मधुमेह, कलेजो रोग, हार्मोनको असन्तुलन, रोगको संक्रमण, धुम्रपान, मद्यपान, असुरक्षित यात्रा आदिले पनि गर्भपतन गराउन सक्छ । २५ प्रतिशत ग
र्भपतन क्रोमोजोनल डिफेक्टले पनि हुन्छ । क्रोमाजोनल डिफेक्ट अण्डासय वा शुक्रकिटको खराबीले हुन सक्छ । कहिलेकाहिँ कामको लोडले पनि गर्भपतन हुनसक्छ ।
गर्भपतन भएको कती समयपछि पुनः गर्भधारण गर्न सकिन्छ ?
गर्भपतन भएको तीन महिनापछि गर्भधारण गर्न सकिन्छ । तर कतिपय अवस्थामा लामो समयसम्म गर्भधारण गर्न नहुने अवस्था पनि हुनसक्छ । यसका लागि गर्भधारण पूर्व प्रसुतिरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । समयमै ध्यान पु¥याउन सके पुनः गर्भपतन हुने सम्भावना कम हुन्छ ।
गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
पटकपटक गर्भपतन भएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन । अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ । अन्य सामान्य अवस्था भएका महिलाको पनि तर यौन सम्पर्क राख्दा पेट थिच्नु हुँदैन । तर कुनै गर्भवतीको सालनाल तल छ, कुनै किसिमको इन्फेक्सन छ अथवा पहिला बच्च खेर गएको छ भने गर्भावस्थाभर यौन सम्पर्क नराख्नु नै उचित हुन्छ ।
गर्भावस्थामा खानामा अपनाउनुपर्ने सावधानीहरु के के हुन् ?
गर्भवती अवस्थामा लामो समयसम्म पेट खाली राख्नु हुदैन । खाना एकैपटक धेरै नखाई पटक÷पटक थोरै पोषिलो खाना खानुपर्छ । गर्भावस्थामा अमिलो पिरो खान मन लागेपनि खानु हुँदैन । अमिलो पिरो खानाले ग्याष्टिक हुने र वान्ता हुने गर्दछ । प्रोटिनजन्य खाद्य पदार्थ बढी मात्रामा खानुपर्छ । जसमा गेडागुडी, दुध, दही, माछा मासु, अण्डा, हरीया सागपात, ताजा फलफूल प्रसस्त खानुपर्छ । कब्जियत हुन नदिनका लागि झोल कुराहरु बढी मात्रामा खानुपर्छ । गर्भावस्थामा आइरनको मात्रा बढी चाहिने हुनाले सागसब्जी बढी खानुपर्छ । गर्भावस्थामा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुहँुदैन । यसले आमालाई मात्र होईन बच्चालाई पनि असर गर्दछ ।
साभार : रेडियो कार्यक्रम मेरो डाक्टर, डा. ज्योती अग्रवाल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ