विज्ञान जिज्ञासा

के कारणले आँशु झर्छ ?

के कारणले आँशु झर्छ ? महिलाहरुको आँखामा आँशु आउनुमा प्रोल्याक्टिन नामको हर्मोन जिम्मेवार हुन्छ । विशेषज्ञहरुका अनुसार रुनुअगाडि वा रोइरहेको समयमा यो हर्मोन सक्रिय हुन्छ । यता पुरुषको शरीरमा सक्रिय हुने टेस्टेस्टेरोन हर्मोनले आँशुमाथि नियन्त्रण गर्न मद्दत गर्छ । यहीँ कारणले गर्दा पुरुषहरु आँशु नियन्त्रण गर्न बढि सक्षम हुन्छन् । तर उमेर बढेसँगै पुरुषको सरीरमा यो हर्मोनको स्तर कम हुन्छ त्यसकारण बुढो बन्दै जाँदा पुरुषको रुने दर पनि बढ्छ ।

के कारणले आँशु झर्छ ? यो किन हाम्रो शरीरमा हुन्छ ? आँशुले हामीलाई के फाइदा गर्छ ? यस्ता जिज्ञाषाहरु हामी धेरैको मनमा आईरहन्छ ।  आँशु भनेको हाम्रो शरीरमा हुने नुनिलो तरल पदार्थ हो । हाम्रो आँखालाई कोर्निया नामक एउटा पातलो झिल्लीले घेरेको हुन्छ । आँशुले हाम्रो आँखालाई चिल्लो बनाउन मद्दत गर्छ । जसले कोर्नियालाई जोगाउने काम गर्छ । यसले कोर्नियालाई नियमित रुपमा अक्सिजन र पोसिला तत्वहरु पुर्यािउने काम गर्छ । आँखामा पोषक तत्वहरु पनि पुर्या उने हुँदा आँशुले हाम्रो देख्ने क्षमतालाई राम्रो पार्न मद्दत पुर्यामइरहेको हुन्छ ।

आँशु उत्पादन गर्ने हाम्रो ग्रन्थी भने हाम्रो आँखा छोप्ने ढकनीको माथिल्लो भागमा रहेको हुन्छ । हरेक पटक हाम्रो आँखा झिम्कँदा त्यहाँबाट आँशु झरेर आँखाभरी छरिने गर्छ । यसले हाम्रो आँखालाई ओशिलो बनाउन र आँखा बिजाउने धुलो र अन्य ब्याक्टेरियालाई आँखाबाट हटाउन पनि मद्दत गर्छ । आँशुको ग्रन्थीको सानो डक्ट जसलाई न्यासोल्याक्मिरल भनिन्छ त्यो हाम्रो आँखाको माथिल्लो र तल्लो ढकनीमा रहेको सानो दूलोसँग जोडिएको हुन्छ । त्यहींबाट आँशु हाम्रो आँखामा पस्ने गर्छ ।

आँखामा आँशु धेरै मात्रामा जम्मा भयो भने पनि हामी राम्ररी आँखा देख्न सक्दैनौं । त्यस्तो हुन नदिन आँखामा आँशु आएको केही बेरपछी नै त्यो हाम्रो घाँटीमा झर्ने गर्छ र त्यसलाई हामी निल्ने गछौं । यो प्रक्रिया निरन्तर रुपमा चलिनै रहेको हुन्छ । आँशुको केही भाग भने हाम्रो नाकमा पनि आउने गर्छ । त्यसैले कहिलेकांही रुँदा हाम्रो नाकबाट पनि बग्ने गर्छ । हाम्रो आँशुमा शरीरले उत्पादन गर्ने बिभिन्न खालको रसायन र हर्मोनहरु हुन्छन् । हामी दुःखी वा खुशी हुँदा हाम्रो मस्तिष्क र शरीरले अरु सामान्य अवस्थाभन्दा धेरै काम गर्न थाल्छ ।

हाम्रो आँखा निकै संवेदनशील हुने गर्छ । आँशु नहुँदा सुख्खा भएर आँखाको ढकनीसँगको घर्षणले पनि त्यसमा चोट लाग्न सक्छ । आँखालाई त्यस्तो हानीबाट जोगाउन पनि आँशु आउने गर्छ । आँखाको ढकनी बन्द हुने र खोल्ने क्रममा आँखाको छेउमा रहेका नशाहरुलाई उत्तेजित बनाउँछ जसले गर्दा हाम्रो आँसुको ग्रन्थीबाट न्यासोल्याक्मिरल डक्ट हुँदै आँखामा आँशु पस्ने गर्छ । आँशु आउने प्रक्रिया हाम्रो नियन्त्रणमा हुँदैन । यसलाई हामीले चाहेरपनि कहिल्यै नियन्त्रण गर्न सक्दैनौ । तर कहिलेकाँही जानीजानी अत्याधिक रुपमा यसको उत्पादन भने गर्न सक्छौं ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!