गजल – थियो
जीर्ण तस्वीर निसानी थियो,
उही शैया उही सिरानी थियो ।।
जब म दुख्थें दुख्थ्यौ तिमी,
उस्तै उस्तै जिन्दगानी थियो ।।
हिडेथ्यौं धेरै परसम्म सँगै,
छुट्टै मजाको कहानी थियो ।।
कहिले जूनसँग निदाउँदा,
म सँग रात र विहानी थियो ।।
नसोध अतीतका यादहरु,
त्यही जीवन र जवानी थियो ।।
*कृष्ण प्रसाईं लेखक तथा साहित्यकार हुनुहुन्छ ।