विज्ञान जिज्ञासा

साउन महिनामा काँचका हरियो चुरा लगाउने वैज्ञानिक कारण के ?

Gopal Bhandari
गोपाल भण्डारी

हिन्दु समाजमा महिलाले हातमा काँचका चुरा लगाउने चलन पहिलादेखी चली आएको छ । साउनमा विवाहित महिलाले सौभाग्यको प्रतीकाका रूपमा यो लगाएर भगवान् शिवको पूजा आराधना गर्छन् । प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।हिन्दू धर्मअनुसार साउनमा हरियो चुरा लगाएमा मनले चाहेको पूरा हुन्छ भन्ने मान्यता रहेको छ ।  महिलाले आफ्नो पतिको लामो आयुको कामना गर्दै यस्तो चुरा लगाउने गर्छन ।

धार्मिक दृष्टिले पनि श्रावण महिना आफैमा पवित्र महिना मानिन्छ । साउन महिना प्राकृतिक रूपमा पनि हरियो महिना नै हो । झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । साउनको पहिलो साता नबित्दै प्लस टु किशोरीहरूको नाडीमा काँचको यसको धुन बज्न थाल्छ । यो समयलाई किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरामा सजाउने ‘पपुलर कल्चर’ को रूपमा परिचित गराएका छन् । आयातित मानिएको यो भारतीय संस्कृतिमा यसलाई प्रेम र सुहागको प्रतीक मानिन्छ । अचेल यो संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ । साउन महिनाभरि यसले नाडी सजाउनु अब फेसन बन्दै गएको छ । विवाहितले पतिको आयु लामो होस् भनेर हरियो चुरा लगाउने गरेको दाबी गरिन्छ भने अविवाहितले आफूले मन पराएको पुरुषलाई पति बनाउने अभिलाषाका साथ । साउन महिनामा व्रत बसेर हरियो काँचको चुरा लगाउनु अध्यात्मवादी दर्शन होला तर यसै चलनलाई आधुनिकताको पनि प्रतीक मान्न थालेका छौं ।

साउन महिनामा काँचका हरियो चुरा लगाउनुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । तर, यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ । विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । विवाहित महिलाले चुरा लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमतिप्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ । साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।

नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ । वास्तवमा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ । सामान्यतया मान्छेको नाडी लगातार चलिरहेको हुन्छ । अनि नाडीको नसा छामेर नै सबै किसिमका रोग परीक्षण गर्न सकिन्छ । महिलाहरूले प्रयोग गर्ने चुरा प्रायः नाडीमा नै लगाइन्छ र यसको लगातार घर्षणले रक्तसञ्चारको तहलाई बढाउँछ । अझ, बाहिरी छालाबाट प्रवाहित बिजुली वृत्ताकार चुराका कारण शरीरमै फर्केर आउँछ । चुराको छेउटुप्पो नहुने हुनाले ऊर्जा बाहिर जाँदैन बरू शरीरमै फर्किन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!