ज्योतिषशास्त्र

यस्तो छ बुधबार व्रतकथा

यस्तो छ बुधबार व्रतकथा ! एक पटकको कुरा हो एउटा मानिस आफ्नी पत्नी लिई आउन ससुराल गयो । त्यहाँ केही दिन बिताएपछि उसले सासु-ससुरासित विदा माग्यो । तर सबैले आज बुधवार हो, आज यात्रा गर्नु हुदैन भने । ऊ केही गरी मानेन र हठधर्मी भएर बुधवारकै दिन पत्नीलाई साथमा लिई आफ्नो घर तर्फ प्रस्थान गर्यो । बाटामा उसकी पत्नीलाई तिर्खा लाग्यो र आफू तिर्खाएको कुर उसले आफ्ना पतिलाई बताइन । अनि पत्निको प्यास मेटाउने उद्देश्यले ऊ अमखोरा लिई रथबाट उत्रिएर पानिको खोजिमा गयो । तर पानी लिएर फर्कदा उसले के देख्यो भने उसकी पत्निका साथमा ऊजस्तै अर्को व्यक्ति बसेको छ, त्यो मान्छे उस्तै रूपरङ्ग र वेषभूषामा छ । यस्तो दृश्य देखेर ऊ आश्चर्यचकित भयो । त्यस बहुरूपी व्यक्तिसित उसले क्रोधपूर्वक भन्यो – तँ को होस अनि मेरी पत्नीका निकटमा किन बसेको ? अर्को मान्छेले भन्यो यी त मेरी पत्नी पो हुन त ।

म अहिले भर्खरै ससुरालबाट विदा मागेर आउदैछु । ती दुबि एकअर्कासित झगडा गर्न थाले । त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लीन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोधे – यी दुईजना मध्ये तिम्रो असली पति चाहि कुन हो ? त्यस पछि त्यस स्त्रीले जवाब दिन सकिन किनभने दुबि व्यक्तिको संपूर्ण स्वरूप एकै किसिमको थियो । विचरी त्यस आईमाईले कसलाई आफ्नो पति भन्नु, अलमल्ल परी अनि ईश्वरसित प्रार्थना गर्दै भन्न थाली – हे परमेश्वर ! यो के विचित्रको लीला हो । त्यस स्त्रीको वास्तविक पति पनि ईश्वर पुकारा गर्दै रुनकराउन थाल्यो, उसको धेरैबेरसम्मको आलापविलापपछि आकाशवाणी हुन गयो – मूर्ख ! आज बुधवारका दिन तैले यात्रा गर्नुहुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेकाले बुधदेव भगवानले यो लीला देखाउनु भएको हो । त्यस व्यक्तिले त्यसपछि बुधदेव भगवानसित प्रार्थना गर्यो र आफ्नो भूलप्रति क्षमा माग्यो । अनि भगवान अन्तर्धान हुनुभयो । ऊ आफ्नी स्त्रीलाई लिएर घर गयो तथा त्यस पछि दाम्पत्य सुखका लागि एवं कहिल्यै वियोग नहोस भन्ने उद्देश्यले प्रत्येक बुधवारका दिन ती दुबै पति-पत्नी नियमपूर्वक गर्न थाले । जो व्यक्तिले यस कथालाई श्रवण गर्दछ अथवा सुनाउँछ, त्यसलाई बुधवारका दिन यात्रा गर्नाले कुनै दोष त लाग्दैन नै उसको दाम्पत्य जीवनमा कहिल्यै दुबिधा हुने छैन एवं उसलाई सबै किसिमले सुखप्राप्ति हुन्छ ।

यो पनि पढ्नुहोस्    

यस्तो छ मङ्गलबार व्रतकथा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!