ज्योतिषशास्त्र

यस्तो छ शनिबार व्रतविधि

यस्तो छ शनिबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । शनिबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ । धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ ।

यो व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ । अझ श्रावण महिनाको शुक्ल पक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वाश छ । फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई धूप, अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ। व्रतको दिन नीलो वस्त्र धारण गर्ने चलन छ । एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्व फर्केर उक्त मिश्रित जल(पानी) चढाउनु पर्दछ । त्यसपछि भगवान भोलेनाथ महादेवको उपासना गर्नुपर्दछ। यो व्रत जम्मा १९ वटा शनिबारसम्म लिने मान्यता छ । अन्तिम दिन कालो मास, तिल, फलामका सामान आदि काला पदार्थहरू दान गर्नुपर्छ । ब्राह्मण भोजन गराई तथा वस्त्र, दक्षिणा आदि प्रदान गरी ब्राह्मणलाई प्रसन्न तुल्याउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

यस्तो छ शुक्रबार व्रतविधि

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!