स्वास्थ्य

रातो मासु रोगको भण्डार

रातो मासु रोगको भण्डार !  खसी-बोका, रांगा, भेंडा आदी जनावरको मासुलाई रातो मासु हो । चारखुट्टे जनावरको मासुलाई रातोमासु भनिन्छ । वैज्ञानिक रिसर्चले रातो मासु शरीरका लागि हानिकारक रहेको देखाएको छ । यो मासु पोलेर खाँदा क्यान्सर हुने सम्भावना हुन्छ । यो मासु पोल्नासाथ क्यार्सिनोमास विकास हुन्छ, यसले क्यान्सर बनाउँछ । मासु प्रयोग गर्दा खसी–बोका र राँगाजस्ता रातो मासु हुने र बढी मात्रामा बोसो भएका मासु प्रयोग नगर्न पनि चिकित्सकले सुझाव दिएका छन्।
रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाइएको मासुले कार्सिनोजेनिक उत्पादन गर्दछ । यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने हुँदा यस्ता मासु नखानु नै उत्तम हुन्छ । धुवाँमा सेकाएका सुकुटी, सेकुवा तेलमा तारेको र मासु प्रशोधन गरेर केमिकल मिसाई बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्छ ।

रातो मासुले पाँचभन्दा बढी रोग त सीधै हुर्काउँछ । पहिलो, यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण ब्लड प्रेसर बढ्छ । ब्लड प्रेसरकै कारणले मुटुको रोग लाग्ने सम्भावना हुन्छ । मुटुको रोगका कारण पक्षघात हुने सम्भावना हुन्छ । युरिक एसिड बढेपछि दुखाइ बढ्छ । अर्को, क्यान्सर लाग्ने पनि सम्भावना हुन्छ । यी रोग हुर्काउन रातो मासुको भूमिका हुन्छ । तर, हामी नेपालीले प्रायः रातो मासु नै खान्छौँ । रातो मासुले रोग हुर्काउने रोगहरु यस प्रकार छन् ।
१. मुटु रोगको खतरा
२. युरिक एसिडको खानी
३. गुदद्वारको क्यान्सर
४. चिनी रोगको कारक
५. अल्जाइमर्स रोगको खतरा
६. ब्लड प्रेसर
७. पक्षघात

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!