विज्ञान जिज्ञासा

ब्याक्टेरियाको बारेमा हानिकारक र उपयोगी पक्षहरु के के हुन ?

Ram Thakuri
राम ठकुरी

सुक्ष्म जीव ब्याक्टेरिया (Bacteria) भन्ने शब्द सुन्ने बितिकै यहाँहरुप्रति नकारात्मक भाव आउने गरेको हुन सक्छ । ब्याक्टेरिया यस्तो सुक्ष्म जीव हो जुन जीवित प्राणिको लागि जति हानिकारक छ, त्यो भन्दा कयौ गुणा आवश्यक पनि छ ।

ब्याक्टेरियाको हानिकार पक्ष

ब्याक्टेरियाहरु विविन्न प्रकारका हुन्छ्न । केहि ब्याक्टेरियाहरुले हम्रो शरीरको विविन्न भित्री र बाहिरी अङहरुमा संक्रमण गरी शरीरको नास गर्दछ र क्रमिक रुपमा यो फैलिएमा रोग जिर्ण हुन गइ बिरामिको मृत्यु समेत हुने गर्द्छ । उदाहरणको लागी टाइफाइड (typhoid) रोग साल्मोनेला टाइफी (Salmonella typhi) नामक ब्याक्टेरियाको संक्रमणले हुने गर्दछ र समयमै उपचार नभएमा यो रोगले बिकराल रुप पनि लिन सक्छ ।

ब्याक्टेरियाको उपयोगी पक्ष

संसारमा भएका सम्पूर्ण जिवजन्तु र बनस्पतीहरुको अस्तित्व ब्याक्टेरिया बिना असम्भव छ । मरेको जिवहरु (बनस्पती र जनावर)को शरीरलाई कुहाउने गर्ने काम ब्याक्टेरियाले नै गर्दछ । मृत जिवको शरीरलाई कुहाउदा सो शरीरमा भएको जटिल योगिकहरुलाई साधारण यौगिकमा रुपान्तारण गर्दछ । जुन साधारण यौगिकहरुलाई बनस्पतीले सोसेर लिन्छन र विकसित हुन्छन । तिनै बनस्पनीमा सम्पूर्ण जनावरहरु प्रत्यक्ष र अप्रत्यक्ष्य रुपमा आशृत हुन्छन ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!