वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?
वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ? हिन्दूका संस्कार अनुसार शिरको केन्द्रस्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले टुप्पी राख्ने चलन छ । व्रतबन्ध गरेपछि हरेक बैदिक हिन्दु धर्मालम्बीहरुले टुप्पी राख्नुपर्ने शास्त्रीय मान्यता छ । पहिला-पहिला भनिन्थ्यो टुप्पी ब्राह्मणको पहिचान हो । प्राय: ब्राह्मण परिवारमा जन्मिएको मानिसको टाउकोमा लामो ‘टुप्पी’ हुने गर्थ्यो । टुप्पी धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण प्रतीकात्मक चिह्नको हो ।
शरीरको सवैभन्दा टुप्पो वा शिर्षस्थानमा राखिने भएको हुनाले यसलाई नेपाली भाषामा टुप्पी र संस्कृत भाषामा शिखा भनिन्छ। एरियल बिना रेडियो, एन्टिना/डिस्क/केवललाईन बिना टेलिभिजन आदिहरुले काम गर्दैन। भनिन्छ टुप्पीले भगवानसँग प्रत्यक्ष सम्वन्ध राख्दछ । अनि टुप्पी बिना वैदिक हिन्दु धर्मालम्वीहरुको अध्यात्मक्षेत्रको कुनै अर्थ छैन् । त्यसैले वैदिक हिन्दुहरुले परापुर्वकालदेखि टुप्पी राख्दै आएका हुन्। गोखुर प्रमाण (गाईको खुर), वच्छखुर प्रमाण (वाछाको खुर) कुश प्रमाण (कुशजत्रो) टुप्पी राख्नुपर्दछ भन्ने धार्मिक मान्यता छ । गायत्रीमन्त्रेण शिखांवद्धवा “अर्थात् गायत्री मन्त्र उच्चारण गर्दै टुप्पी पवित्र बनाएर बाँध्नुपर्दछ।
“आन्तरो मस्तिस्कस्योर्ध्वं शिरासन्दसमागम:/
रोमावर्तोSधिपो नाम यस्तु मर्म हर्त्यसुन्।।”
अर्थात् टाउकोको उच्चस्थानमा रौँहरुको भुमरीको नाम मालिक हो, यो मर्मस्थल छ,जहाँ कुनै चोट लाग्नासाथ मानिसको मृत्यु हुन्छ । त्यहि संवेदनशील भागमा नै टुप्पी राख्नुपर्दछ । यसरी राख्दा “यशसे श्रिया शिखा ” अर्थात् यश र ऐश्वर्य प्राप्ति गर्नको लागि टुप्पी धारण गर्नुपर्दछ। टुप्पीले दिमाग वा प्रतिभाको प्रतिनिधित्व गर्दै मानिसमा धैर्य-धारण गर्ने सहनशक्ति र स्मरणशक्ति, स्फुर्ति बढाउँछ। वैदिक धर्मालम्वीहरु हौँ भने टुप्पी अवश्य राख्नुपर्दछ किनकि टुप्पी उनीहरुको पहिचान हो ।
विश्वको अग्लो स्थानमा रहेको सगरमाथाको टुप्पोमा संसार जलमा डुवेको अवस्थामा सप्तऋषिहरुले माछोरूप एकसीङ्गे डुङ्गालाई बाँधेका थिए भन्ने शास्त्रीय मान्यता छ । त्यस्तै शरीरको सगरमाथा टुप्पी हो । यसलाई संरक्षण गर्नका लागी हामीहरुले टुप्पी पाल्नु पर्दछ । टुप्पी राख्ने स्थानबाट अमृत बग्दछ किनकी साधनारत साधुसन्तहरु जिब्रोलाई मुखभित्रबाट यहाँसम्म पुर्याएर अमृत सेवन गरी हजारौं वर्षसम्म बाँच्दछन्।
यो पनि पढ्नुहोस्