राष्ट्रिय समाचार

यस्तो छ उर्जाको क्षेत्रमा सरकारको नीति तथा कार्यक्रममा

काठमाडौँ, ११ जेठ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका संसदमा सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारी समक्ष पेस गर्नु भएको थियो ।

यस्तो छ उर्जाको क्षेत्रमा सरकारको नीति तथा कार्यक्रममा

लोडसेडिङ्गको अन्त्य गरी उज्यालो नेपाल बनाउने ऐतिहासिक सफलता यो सरकार र राष्ट्रकै महत्वपूर्ण उपलव्धिको रुपमा छ । उर्जा क्षेत्रमा देखिएको यो सुधारले उत्पादन र सेवा प्रवाहमा सुधार आई उत्पादन बृद्धि हुनाका साथै उत्पादन लागतमा कमी समेत आएको छ । उज्यालो नेपाल अभियानको प्रभावकारी कार्यान्वयनबाट पर्याप्त विद्युत उत्पादन गरी राष्ट्रलाई आत्मनिर्भर बनाइनेछ । यसका लागि राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना लगायतका पहिचान भएका जलाशययुक्त आयोजनाहरुको निर्माण कार्यलाई अघि बढाइनेछ । निर्माणधीन राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत आयोजना लगायतका प्रमुख आयोजनाहरुको निर्माण कार्यलाई प्राथमिकता दिइनेछ । अन्तरदेशीय र अन्तर्राष्ट्रिय प्रशारण लाइन विस्तारको कार्यक्रम सञ्चालन गरिनेछ । निजी क्षेत्रलाई विद्युत उत्पादनमा आकर्षित गरिनेछ । यस क्षेत्रमा जनताको लगानीलाई प्रोत्साहित गरिनेछ । वैकल्पिक उर्जाको विकासलाई बढावा दिइनेछ । विद्युत चुहावट नियन्त्रण गरिनेछ । प्रमुख नदीको बेसिन योजना एवं गुरुयोजना विकास गरिनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!