साहित्य-कला

यसो भनौ हामी मिलेर

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

म मेरो मनको हरेक पत्रहरुबाट यो देशको मायाँ मात्र खोजेर ल्याउँछु !

मनका भावमा मायालुको जस्तै म यो देशको मायाँको गीत मात्र गाउँछु !!१

 

म नेपाली हुँ ;म पौरखी हुँ भनेर यो जगतलाई अव म पो त चिनाउँछु !

देशको सिमा अटुट छ भन्दै हिमालबाट पहाड र तराईलाई देखाउँछु !!२

 

हामी हिमाली यो हिमालबाट पाहाड र तराईसड्ग मितेरी गास्छौँ !

तराई बासी हामी नेपाली हिमाल र पाहाडको पानी मिठो पिउँछौँ !!३

 

छन किल्ला हाम्रा यो मुटु भित्र देशको सिमामा गाडिएका हरेक चित्र !

कोही पराइले उखेल्न खोजे रगतको छिटा हामी बगाउँदछौ देशभित्र !!४

 

यो माटो हाम्रो पृथ्वी भरीमा स्वर्ग झैँ पवित्र र सुन्दर कति पो छ !

यसको जतन गरेर हामी यो देश जोगाऊ यो मन यहि नै भन्छ !!५

 

तिमी त्यो दिलको पत्रहरुबाट मलाई न्यानो मायाँ धेरै खोजेर ल्याऊ !

म तिम्रालागि विजयका हरेक सत्मार्गहरु पनि कोरेर सँधै राख्छु !!६

 

मुटुलाई साक्षी राखेर भन्छु यो दिल भरी मेरो देश मात्रै नै छ !

म यो हृदयको कुनालाई सोध्छु मुटुभरी भरी तिमी मात्र नै छौ !!७

 

जगतमा सुन्दर देश कतै भए हाम्रो हिमालको शिखर नै तिमी हेर !

पाहाडको चट्टान झैँ छातीका स्वरूप कति अपूर्व छन् यो  बुझ्ने गर !!८

 

जता म हेर्छु यी नयनहरुले क्षितिजसमम यो मेरो प्यारो देश मात्र नै छ !

तर मेरो मुटुमा म यसो टोलाई हेर्छु मात्रै तिमी तिमी यहाँ भरी नै पो छौ !!९

 

मलाई मेरो देशको पवित्र माटोले यो मनको श्रृड्गार गर्नु पनि छ !

हृदयको कोमल कुना भरी लाली गुराँस सुनाखरी फुलाउनु पनि छ !!१०

 

चाहिदैन् कुनै श्रृड्गार मलाई विहानी घामको लाली नै जव लाग्छ !

चाहिँदैन कुनै अलड्डकार जव य शिरमाथी हिमाल मकुट झैँ सजिन्छ !!११

 

हिराको हाँसो हिमालमा म हाँसौ पाहाडको गुन्यु म गुराँसको लगाऔँ !

नेपाली भावना यो दिलले पोखी मेरो भूमिको हरपल शव्दको गीत गाऔँ !!१२

 

मनको मेरो यो भाव भरी नै यो देश नै देशको भाका सुन्दर मनै भरी छ !

नेपाली भूमि यो जगतले चिनोस् चाहना यसको सम्बृद्दिको मलाई मनभरी छ !!१३

 

हामी नेपाली यदि मिलेनौ भने यो देशको सिमालाई पराइले टेक्न सक्छन् !

नेपालीको त्यो स्वाभिमानी नामलाई सगरमाथा भन्दा हामी माथी लान सक्छौँ !!१४

 

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!