साहित्य-कला

कुर्सी

कृष्ण प्रसाईं
कृष्ण प्रसाईं

साझा बस दिनभरि

खाली चल्थे

पहिले पहिले ..

 

फेरि,

सुरु गरिएका साझा

के गर्छ्न् थाह छैन,

तर

हाम्रो नेपाल एअरवेज,

सँधै फूल हुन्छ

सिनेमाको हाउस फूल झैँ ।

 

सबै संयन्त्र नियालें, र

अन्तमा,

गुप्त गायत्री मन्त्र पुकारें

अनि,

उडानको मौका पाएँ ।

 

त्यहाँ भरिएका थिएनन्

आधा सीटहरु र

गन्तव्यसम्म

बस झै,

कुनै सीट भरिनेवाला थिएन ।

 

खाली छ्न् धेरै सीटहरु,

तर

कसैलाई हतारो

छैन रहेछ भर्न,

परन्तु,

खाली कुर्सी भरिन

सँधै हतार हुन्छ ।

 

कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!