मुख्य समाचार

समस्त व्यवसायी तथा उपभोक्ता वर्गमा बाणिज्य विभागको अनुरोध

१. नियमानुसार कुनै पनि प्राइभेट फर्म, साझेदारी फर्म तथा एजेन्सी दर्ता गरेर मात्र व्यवसाय वा कारोबार गरौं । संभावित जरिवाना तथा कारवाहीबाट बचौं ।
२. कानून बमोजिम तोकिएको समयमा फर्म नविकरण गरौं र तिनुपर्ने जरिवानाबाट बचौं ।
३. आयात निर्यातको उद्धेश्य राखी कम्पनीमा दर्ता भएका कम्पनीहरुले पनि अनिवार्य रुपमा यस विभागमा दर्ता अनुमति लिएर मात्र व्यवसाय गरौं ।
४. निकासी व्यापारलाई प्रतिस्पर्धात्मक र दिगो रुपमा अभिवृद्धि गर्न नयाँ निकासी योग्य वस्तुहरुको पहिचान, विकास तथा उत्पादन गरी व्यापारमा विविधीकरण गरौं ।
५. रोजगारमूलक व्यापार, व्यवसाय विस्तार गरी यस मुलुकको अर्थतन्त्रलाई टेवा पुयाऔं ।
६. दिगो रुपमा व्यापार विस्तार गरी व्यापार सन्तुलनलाई कायम गर्न टेवा पुयाऔं ।
७. कानून बमोजिम इजाजत लिनुपर्ने वस्तुहरुको नियमानुसार अनुमति प्राप्त गरी मालवस्तु आयात गरौं ।
८. सामान खरिद गर्दा विल दिनु विक्रेताको कर्तव्य हो भने विल पाउनु उपभोक्ताको अधिकार भएकोले विल लिनेदिने गरी आफ्नो हक सुरक्षित गरौं ।
९. विक्रेताको विक्रि कक्षमा मूल्यसूची, प्याकिङकमा अधिकत्तम खुद्रा मूल्य (MRP) उल्लेख गरेको छ, छैन हेरौं ।

सम्पर्क ठेगाना
नेपाल सरकार
बाणिज्य मन्त्रालय
बाणिज्य विभाग
बबरमहल, काठमाडौ, नेपाल ।
फोन नं. : +९७७-१-४२४३९३९, ४२४७९१२, ४२३९१२३
इमेल : [email protected], [email protected]
वेभसाइट : http://www.doc.gov.np

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!