स्वास्थ्य

क्यान्सरका लक्षणहरु र बच्ने उपायहरू

क्यान्सर एक जटिल रोग हो तर पनि करिव ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ र बाँकी करीब २७ प्रतिशतलाई पनि उचित उपचारबाट आयु लम्याउन सकिन्छ । यसका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमित रुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ ।

यो रोगको मुख्य कारक तत्वको खोजी गर्दा बदलिदो जीवनशैली, खानपान, बाताबरणीय प्रभाव प्रमुख रुपमा आउछ । विश्वभरमा नै पाच प्रमुख क्यान्सरका कारण हुने पुरुषहरुको मृत्यु मध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्ननलीको क्यान्सर रहेका छन् । विश्वभरी नै क्यान्सरका कारण हुने महिला मृत्यु मध्येमा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा १ करोड ४१ लाख जनामा नयाँ क्यान्सर देखिएको छ । डव्लुएचओले नै क्यान्सरकै कारण मृत्यु हुनेको संख्या ८२ लाख पुगिसकेको जनाएको छ । र यदि अहिलेकै अनुपातमा बढ्दै गएमा सन् २०२५ सम्म १ करोड ९३ लाख जनामा क्यान्सर देखिने अनुमान गरेको छ । क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत अल्प विकसित र कम विकसित देशमा हुने गरेको छ । सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न सके क्यान्सरबाट हुने मृत्यु २२ प्रतिशत रोक्न सकिन्छ । यो क्यान्सर रोकथाम गर्न सकिने  एक मात्र ठुलो उपाय पनि हो ।

नेपालका क्यान्सर रोगीमध्ये करिब १० प्रतिशतलाई मात्र रोग लागेको समयमै थाहा हुन्छ । नेपालमा जनसंख्याको करिब १३ प्रतिशतमा क्यान्सर रोग लागेको अनुमान छ । तर यसमध्ये करिब  ५००० बिरामी मात्र अस्पताल पुग्छन् । नेपालमा बर्षेनि ५०,००० नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमान गरिएको छ । क्यान्सरका लक्षणहरु  निम्न अनुसार हुन सक्छन ।

क्यान्सरका लक्षणहरु  

१. लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।

२.  खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।

३. लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।

४.  महिलाहरुमा महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।

५. स्तनमा गाँठा गुठीहरू देखिनु, मुन्टोवाट रगत मिसिएको दुध आउनु वा मुन्टो दबिनु ।

६. शरीरमा गिर्खा, गाँठा गुठीहरू देखिनु ।

७. कोठी र मुसाहरूको रंग बदलिनु वा आकार बढ्दै जानु ।

८. छोटो समयमै शरीरको वजन घटनु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु ।

९. नाक,मुख र दिसा बाट रगत आउनु ।

१०. धेरै दिनसम्म टाउको दुखी रहनु, बान्ता हुनु, रिगंटा लाग्नु,आँखा धमिलो देखिनु वा कम्पन (मृगी) आउनु ।

निम्न उपाायहरू अपनाएमा क्यान्सर रोगवाट बच्न सकिन्छ :

क्यान्सरबाट बच्ने उपायहरू

१. चुरोट,बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने ।

२. बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने ।

३. पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।

४. अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने ।

५. चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने ।

६. धुलो,धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने ।

७. महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने ।

८. स्तनमा गिर्खा,गाँठागुठीे छ–छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने ।

९. दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने ।

१०. मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।

यो पनि पढ्नुहोस्   

पाठेघरको मुखको क्यान्सर र यसको उपचार

क्यान्सर रोकथाममा मकै

क्यान्सरका लक्षणहरु के के हुन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!