मीन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
मीन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
मीन राशि – दू थ ष त्र दे दो चा ची
स्वामी – वृहस्पति गुरु
शुभ, अशुभ
१. शुभ अंक – ३
२. शुभ दिशा – उत्तर
३. शुभबार – सोमबार, मंगलबार र बिहीबार
४. घातबार – बुधबार र शुक्रबार
५. शुभ रंग – पहेलो र सेतो । पहेलो र सेतो रंगको रुमाल गोजीमा बोकेमा शुभ हुनेछ ।
६. शुभ रत्न – पुष्पराज, मोति र मुगा हुन् ।
७. मीन राशिको तुला राशि शत्रु राशि हो ।
८. यस राशिको शुभ महिना चैत महिना हो भने अशुभ महिना फागुन हो ।
९. शुभ राशि कर्कट, अशुभ रंग कालो, अशुभ अंक ६ ।
१०. राशि स्वामीको हिसाबले शुभ दिशा पूर्व र उत्तर हुने गर्दछ ।
११. मीन राशिका व्यक्तिको मृत्यु घरमा नभएर तीर्थस्थल वा देवालयमा हुनेछ । मीन राशिकी केटी वा स्त्रिलाई मंगलबार शुभ कार्य गर्दा
उत्तम हुनेछ ।
स्वास्थ्य
१. मीन राशिलाई लाग्ने रोग – पैताला पोल्ने, पेट कलेजो दुखाई र पायल्स जस्ता शारीरिक समस्या हुने गर्दछ ।
२. जन्मेदेखि ४ वर्षसम्म विभिन्न रोगले सताउने, पढाइ भन्दा अन्य काममा मन जाने, ९ वर्षदेखि १५ वर्षसम्म मन चञ्चल भएर
घरपरिवारलाई बढि दुः ख दिने हुन्छ । यसो गर्दा जीवनमा सफलता प्राप्त गर्न गाह्रो हुन्छ ।
रुचि, स्वभाव र बानी
१. पूर्ण चन्द्रको दर्शन गरेपछि मातापिता वा आफ्नो मान्यजनको आदर सत्कार गरी ढोगेमा त्यो महिना राम्रो हुनेछ ।
मित्रता र बिबाह
१. मेष, वृष, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु र मकर राशि सँग बिबाह वा मित्रता गरेमा उत्तम हुनेछ ।
२. मीन राशिका केटाले तुला राशिकी केटिसँग बिबाह गरेमा हानी हुनेछ ।
३. मीन राशिले नारीप्रति बढि आकर्षित हुने गर्दा बहुबिबाहको आरोप शुद्ध लाग्नेछ ।
४. मीन राशिकी बिबाह वा मित्रता गर्दा पुरुष राशि अनुसार हुने मध्ये उत्तम चाहि कन्या र धनु राशिको केटासँग गर्दा उत्तम हुनेछ ।
भाग्य तथा भविष्य
१. यो राशिका व्यक्ति राम्रो वक्ता, गुरु र सल्लाहकार हुने गर्दछन् । मीन राशि भएकाहरु मोटो शरीर, लोभि विचारका हुन्छन् । साथै यस
राशिका व्यक्तिलाई बढि रिस उठ्ने हुँदा आफ्नो भविष्य आफै बनाउनुपर्नेछ ।
*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
कुम्भ राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
तुला राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य