विज्ञान जिज्ञासा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिरो २ र २ जिरो भनेको के हो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको पूर्वी क्षेत्रको चक्रपथभन्दा बाहिर मनहरा नदीको पश्चिममा अवस्थित छ । यो विमानस्थलको दक्षिणतिर कोटेश्वर, उत्तरमा गौरीघाट र पश्चिममा चक्रपथ पर्दछन ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको यूएस बंगला विमानका पाइलट र कन्ट्रोल रुमबीच भएको संवादमा जिरो २ र २ जिरोमध्ये कुन ठाउँबाट विमान अवतरण गर्ने भन्नेबारे लामो बहस सुन्न सकिन्छ ।

आउनुहोस विमानस्थलको जिरो २ र २ जिरो भनेको के हो बुझ्ने कोसिस गरौ । विमानस्थल कार्यालयका अनुसार उत्तरतर्फबाट अवतरण हुने ठाउँ २ जिरो र दक्षिणतर्फबाट अवतरण हुने ठाउँ जिरो २ हो ।

विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फ अर्थात कोटेश्वर क्षेत्रबाट विमान अवतरण गर्ने गर्छन् । कहिलेकाहीँ उत्तरतर्फ अर्थात पशुपति क्षेत्रबाट पनि विमान अवतरण गराइन्छ । उडान पनि यसैगरी हुन्छ । धेरैजसो उडान दक्षिणतिरबाट र कम उडान उत्तरतर्फबाट पनि हुने गर्छ ।

उत्तरतर्फ वा २ जिरोको तुलनामा दक्षिणतर्फ वा जिरो २ बाट उडान र अवतरण सजिलो हुने विमान चालकहरु बताउँछन् । कन्ट्रोल रुमले पनि दक्षिणतर्फ या जिरो २ बाटै अवतरण गर्न सुझाउँछन् ।

सोमबार दुर्घटनामा परेको जहाजका पाइलटलाई पनि कन्ट्रोल रुमले दक्षिणतर्फ अर्थात जिरो २ बाट अवतरण गर्न भनेको थियो । तर पाइलटले २ जिरोबाटै अवतरण गर्न खोजे ।

पाइलट अलमलमा परेकोबारे कन्ट्रोल रुमका कर्मचारी पहिल्यै जानकारीमा रहेको संवादबाट बुझिन्छ । पाइलटले २ जिरोबाटै अवतरण गर्ने भनेपछि अन्त्यमा कन्ट्रोल रुमले स्वीकृति दियो । तर दुःखको कुरा जिरो २ को सट्टा २ जिरोबाट अवतरण गरेकै कारण विमान दुर्घटनामा पर्यो ।

यो पनि पढनुहोस्

सामाजिक बहस – नेपालमा भई रहने अत्याधिक बिमान दुर्घटना के को कारणले होला ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!