खानपान

एकैसाथ मिसाएर खानु नहुने खानेकुराहरु

भोजनमा अनेक पोषक तत्व हुन्छन् जो शरीरको विकास गर्दछन्, त्यसलाई स्वस्थ राख्दछन् र शक्ति प्रदान गर्दछन्। सही भोजन नहुँदा नै मानिसको शरीरमा रोग निम्तन्छ । विरोधी खानेकुराले रोग निम्त्याउँछ । एक आपसमा तत्वहरु जुधेपछि रोग निम्तिन्छ । तसर्थ, मानिसले खानामा सचेतता अपनाउन सक्यो भने धेरै रोगबाट बच्न सकिन्छ ।
१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

२. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ ।

३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४. दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ ।

८. करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।

१०. बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास गर्छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!