खानपान

गर्मी मौसममा मेवा खानुका फाइदाहरु

मेवा आँफैमा मिठो र स्वस्थ फल हो । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। मेवा भिटामिन ए को प्रमुख स्रोत हो । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । मेवाको उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ । मेवाको खेती अमेरिकाबाट, मलेशिया र फिलिपिन्स भई भारत प्रवेश गरेको मानिन्छ; भारतबाट मेवा नेपाल आएको बताइन्छ।

१. मेवा  बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ ।

२. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन ।

३. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।

४. मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

५. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।

६. मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।

७. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।

८. जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।

यो पनि पढनुहोस्

चना र यसका फाइदाहरू

स्याउ र यसको फाइदाहरु

सुन्तला खानुका फाइदाहरु 

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

नट्सहरु खानुका फाइदाहरु 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!