ज्योतिषशास्त्र

कर्कट राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

गुरु परासर
ज्योतिष गुरु परासर

कर्कट राशि (ही हू हे हो डा डी डू डे डो)

स्वामी : चन्द्रमा

शुभ अंक : २

शुभ बार : सोमबार, मंगलबार र बिहीबार

घातबार : बुधबार

शुभ रत्न : मोति, पुष्पराज

शुभ दिशा : उत्तर र पश्चिम

शुभ रंग : सेतो (सधैँ सेतो रुमाल गोजिमा बोक्नाले शुभ हुन्छ)

अशुभ राशि : कर्कट राशि हुनेलाई कुम्भ राशि शत्रु हुने गर्छ । कर्कट राशिका स्त्रि वा पुरुषले कुम्भ राशि भएका नर नारीसँग बिबाह गर्नुहुँदैन ।

स्वास्थ्य : कर्कट राशिका मानिसलाई बढि चिसोले सताउने र जाडोको महशुस हुने गर्छ ।

भाग्य : २४ वर्षमा भाग्योदय हुने तर चन्द्रमा कमजोर वा निच भएको खण्डमा पानीमा डुब्ने प्रबल सम्भावना हुन्छ । पूर्णिमाको चन्द्रमालाई हेरी रातो वस्तु हेरेमा शुभ हुनेछ । शिवको उपसना गरी शुक्रबार ब्रत बसेमा राम्रो हुनेछ ।

कर्कट राशिका मानिसको मित्रता र बिबाह : मेष, वृष, सिंह, कन्या, वृश्चिक, धनु र मिन राशिसँग उत्तम हुने देखिन्छ । कर्कट राशिका केटीले जीवनसाथी रोज्दा वा खोज्दा मेष राशिका पुरुषसँग गर्दा साह्रै शुभ हुन्छ ।

स्वभाव : भावुक, चञ्चल, परिवर्तशिल बानी हुने गर्छ । शारीरिक बलको काम भन्दा मानसिक श्रम गर्न रुचाउने, सानो समस्या आएपनि हडबढाउने बानी हुन्छ । कठिन अवस्थामा नारीले पुरुषलाई पुरुषले नारीलाई साथ दिनेछन् । चन्द्रमाको महिना श्रावण हो । चन्द्रमाको सिधा सम्बन्ध मन र मस्तिष्कमा बढि पर्ने गर्दछ । कर्कट राशिा व्यक्तिहरुलाई तीर्थयात्रा, घुमफिरमा बढि समय बिताउन मन लाग्छ । आफ्नो जीवनको अनुभव र अनुभूति व्यक्त गराउने बानी हुन्छ । श्रीमान श्रीमतीमा बढि मनमुटाब भइरहन्छ । दिएको पैसा फर्कदैन । ससाना कुरामा शंका गर्ने बानी दुवैको हुन्छ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

मेष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

वृष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

मिथुन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

यी ४ राशि हुने मानिस सबैभन्दा धनी हुन्छन्

गुरु परासर ज्योतिष सेवा केन्द्र

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!