साहित्य-कला

नारीरत्न हाम्री श्रीसम्पति

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

नारीरत्न हाम्री श्रीसम्पति

 

नारी रत्न तिमी बनेर हरेक घरकी श्री सम्पति नि बनि दिनू !

बन्दै त्यो लहरा यो विश्व नभमा सबैकी सखी पनि बन्दिनु !१

 

आफ्नो कर्म भूमि पवित्र घरकी सबकी निधि बनि दिनु !

त्यो निधि जगमा समस्त नभमा झल् झल् गरी बल्दिनु !!२

 

तिम्रो यो जन्म भूमि प्रफुल्ल रहने कर्मै त्यो दिव्य नै बनोस !

कर्मै काम बनोस र धर्ती सुक्खले फुलझैँ सुवासित बनोस !३

 

तिम्रो त्यो शुभ कर्म यो  विस्व भरिनै दुबो सरी फैलियोस् !

ममताको दसधार झरझरी बगोस यो विश्व गङ्गा बनोस् !४

 

वेदका बाक्य सरी ति कर्म रहदा ऋचा पनि तिनैको बनोस !

व्रम्हाण्डै भरीमा समस्त नभमा त्यो दिब्य अग्नि बनि बलोस् !५

 

श्रीष्ठि  यो नभमा समस्त जगमा ज्योति बनि झाल्कियोस !

शान्तिको लहरा बनेर घरमा हिउँ झैँ बनेर त्यो टल्कियोस !६

 

सन्तति तिम्रा भविष्य  तिनको असल बुन्दै तिमी नि फैलनु !

थाङ्क्रो एक बनी समस्त लहरा फैलिन तिमी त्यसमा दिनु !७

 

फूल्न अनि फल्न दिनु समस्त जगमा वास्ना तिमीले भर्दिनु !

वास्ना विश्व भरी समस्त जगमा उड्छ जतन तिमी गर्दिनु !८

 

यो श्रीष्ठी सवको अमुल्य निधि हो यसको जतन पनि गर्दिनु !

पार्नु यो झलमल्ल यस घरको चिनारी सबैमा तिमीले दिनु !९

 

तिम्रो यो घरको समस्त नभमा बखान तिमीले चलाई दिनु !

यो सम्बृद्द छ  यसको ढुकुटीले देशको चिनारी चलाई दिनु !१०

 

यो देश सन्ततिको ऋणी बनी दियोस सन्तान यस्ता बनुन् !

देशले गर्व गरोस् समस्त नभले चिनारी यो देशको पाउन् !११

 

कर्मै होस् तिम्रो अनन्त लहरा त्यो विस्वमा झाँड्गि रहोस् !

धर्मै होस् तिम्रो अपूर्व पहरा यो देशले पनि थामी दियोस !१२

 

देशको ऋण चुकाउने अनि असल सन्तान पनि बनाई दिनु !

कोख तिम्रो अनि विश्वको घर बनोस फूल नै फुलाइ दिनु !१३

 

सन्तति त्यसमा लहलह बनुन विश्वमा झुलाई पनि दिनु !

विश्वमा लहरा बनिदिनु तिमी अनि बढ्नु अघी नि फ़ैलनु !१४

 

पालन पोषणको मुलै बनी दिनु अाधार बनी तिमी हाँस्दिनु !

वास्ना मग्मग् त्यो समस्त फूल भई यो विश्वमा पनि छर्दिनु !१५

 

आफ्नो त्यो गरिमा हरेक नारीहरुमा बन्दै अघि पनि बढ्दिनु !

शिक्षाको नव ज्योति बन्दिनु तिमी ज्ञानको महिमा पनि हुनु !१६

 

फूल्नु  देश भरी समस्त जगको ज्ञानको दियो झै तिमी हुनु !

यो देशै झलमल्ल झल्कीइ दियोस ज्योति तिमी नि बन्दिनु !१७

 

तिम्रो त्यो महिमा यो समस्त जगको श्री सम्पति भै दियोस !

बर्णन त्यो रुपको बनेर नभमा यो श्रृष्ठि सँधै नै गम्कियोस् !१८

 * यो  त्रिमूर्ति निकेतनबाट  दिइने विश्व नारी पुरस्कारवाट सम्मानित कबिता हो ।

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!