मुख्य समाचार

बिज्ञान तथा प्रबिधि मन्त्रीमा प्रेमबहादुर सिंह नियुक्त

२६ फाल्गुन, २०७३। बिज्ञान तथा प्रबिधि मन्त्रीमा प्रेमबहादुर सिंह नियुक्त ! नेपाल सरकारको बिज्ञान तथा प्रबिधि मन्त्रीमा प्रेमबहादुर सिंहले जिम्मेवारी पाउनु भएको छ। उहाँ यसअघि खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः मन्त्रिपरिषद्‍ विस्तार गरी हेरफेर गरे अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको हो भने खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको दिइएको जिम्मेवारी हो ।

२१ औ शताब्दीलाई बिज्ञान तथा प्रविधिको युगको संज्ञा दिएतापनि नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्रको विकास नारामा सिमित छ ।  राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिको क्षेत्रका विज्ञ, बैज्ञनिकहरुसँग सल्लाह र सुझाव लिएर अगाडि बढ्न सके मात्र दीर्घकालीन रुपमा विज्ञान र प्रविधिको विकास गर्न सकिन्छ होइन भने हामी सँधै परनिर्भर मात्रै रहीरहने छौं । देश आर्थिक रुपले सम्पन्न भई सकेपछि मात्र विज्ञान र प्रविधिको विकास गरौंला भन्ने सोच राखियो भने हाम्रो परनिर्भरता अझै बढ्ने छ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु  हाम्रो देशको आवश्यकता हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!