उर्जाराष्ट्रिय समाचार

गरीब परिवारलाई ५ वर्षमा १० लाखको धनी बनाउने उर्जामन्त्रीको योजना

रुकुम, कार्तिक १८ । गरीब परिवारलाई ५ वर्षमा १० लाखको धनी बनाउने उर्जामन्त्रीको योजना ! उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले गरीव परिवारलाई ५ वर्षमा १० लाखको धनी बनाउने योजना अघि सारेका छन् । नेकपा माओवादी केन्द्र रुकुमको छिवाङ्ग गाउँ सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ योजना मार्फत गरीव जनतालाई धनी बनाउने योजनामा सहभागी हुन सवैलाई आग्रह गरे ।

ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा १ लाख रुपिँया शेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको भन्दै उनले त्यसमा सहभागी हुन आव्हान गरे । १ लाख रुपैँया एकै पटक चुक्ता गर्न नसक्नेहरुको लागि प्रतिवर्ष २० हजारको दरले ५ वर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको मन्त्री शर्माले जानकारी दिए ।

१ लाख रुपिँया शेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंक मार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाउन लागिएको उनले बताए । मन्त्री शर्माले भने “लगानी सम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन् , फाराम भर्नुहोला” ।

उर्जामन्त्री शर्माले ग्रामिण विद्युतीकरण आयोजना अघि बढाउन लागिएको समेत जानकारी दिए । उनले ग्रामिण विद्युतीकरण योजनामार्फत जनतालाई अँध्यारोमुक्त गर्ने भन्दै उर्जामन्त्रालयको तर्फबाट छिट्टै ग्रामिण विद्युतीकरणको योजना अघि र्साने बताए ।

मन्त्री शर्माले भने “यस आयोजना मार्फत देशका सवै गाँउहरु विजुलीमय बनाउन सकिन्छ” । मन्त्री शर्माले रुकुममा २३ हजार मेगावाट क्षमताको विद्युत उत्पादन गर्नसकिने गरी कुरा अध्ययन तथा सर्वेक्षण कार्य अघि बढाइएको जानकारी दिए ।

यसैगरी उने आफ्नो कार्यकालमा मुलुकमा ५० वर्षसम्म विद्युत समस्या समाधान हुने गरी रणनैतिक योजना निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विद्युत उत्पादन र प्रसारण लाईन विस्तार दुवै हिसावले रणनैतिक महत्वको काम सुरु गर्ने योजना सुनाए ।

स्रोत: रातोपाटी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!