मुख्य समाचार

के लेखे भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा

काठमाडौं, बिहिबार, १८ कार्तिक २०७३। भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा लेखेको सन्देश । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आरध्यदेव पशुपतिनाथमा आज बिहान विशेष पूजाअर्चना गरे। पूजा सकेर फर्किने बेलामा उनले आगन्तुक पुस्तिकामा सन्देश लेखे।

 ‘यो मन्दिर भारत र नेपालका भक्तका लागि समानरुपमा श्रद्धाको केन्द्र हो’, उनले सन्देशमा भनेका छन्। मन्दिरमा पूजा–अर्चना सकेर राष्ट्रपति मुखर्जीले पशुपतिनाथको धार्मिक, साँस्कृतिक, तथा ऐतिहासिक महत्व रहेको बताउदै पशुपतिनाथको मन्दिर आउन पाँउदा खुसी लागेको उल्लेख गरेका छन् ।

उनले नेपाल–भारत मैत्री पशुपति धर्मशाला परियोजनाको निमार्ण गर्न पाँउदा भारत सरकार प्रसन्न रहेको उल्लेख गरेका छन् । उनले पशुपति क्षेत्र तथा आर्यघाटको पुनर्निमार्णमा सहयोग गर्ने उल्लेख गरेका छन् ।

के अर्थ हुन्छ हरियो रंग हस्तलेखनको ?

सन्देश लेख्न मुखर्जीले सामान्य प्रयोगमा आउने निलो, कालो वा रातो मसीको प्रयोग गरेनन्। उनले यी सबैभन्दा फरक हरियो मसी प्रयोग गरे। हरियो मसी लेखनीलाई कतिपय मनोवैज्ञानिकले भएभन्दा राम्रो व्यक्तित्व दर्शाउन प्रयोग गरिने उल्लेख गरेका छन्। योसँगै हरियो मसीले लेख्नुको अर्थ हो— शान्ति, स्थिरता र प्रकृति।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!