मुख्य समाचारविज्ञान

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रासस, २५ माघ, रुकुम । सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका-११ भलाक्चाका २१ वर्षीय वसन्त वलीले कोठामा कोही प्रवेश गयो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका हुन् ।

हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उहाँको निकै चर्चा चलिरहेको छ । वलीले योसँगै अन्य विभिन्न ३० वटा उपकरण पनि बनाएको बताए ।

उनले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन् । ‘मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो,’ २१ वर्षे वलीले भने, ‘यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ, कोठामा कोही प्रवेश गयो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।

सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उनले बताए । रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको वलीको भनाइ छ । यसलाई थप व्यवस्थित बनाउन निरन्तर मेहनत गरिरहेको उनले बताए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!